हतुवागढी गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिकाले आफ्नो प्रशासनिक भवनको शिलान्यास गरेको छ ।

बुधबार गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् ।

संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत बजेट मार्फत भवन निर्माण गरिने भएको हो ।

चार तले प्रशासनिक भवन भ्याटसहित ७ करोड ५० लाख ४४ हजार १३७ रुपैँया लागतमा निर्माण गर्न लागिएको पालिका अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार भवनको निर्माण अवधि दुई बर्ष रहेको छ ।

हाल सम्म घोडेटार स्थित पुरानो स्वास्थ्य चौकीको भवनबाट गाउँपालिकाको कार्य सम्पादन हुँदै आएको छ । नयाँ भवन निर्माण पश्चात सेवा प्रवाहमा सहजता हुने गाउँपालिका अध्यक्ष राईले बताए । भवन निर्माण गर्ने समान ल्याउने बाटोका कारण केही समस्या नभए छिटै भवनको निर्माण सम्पन्न गर्ने उनको भनाइ छ ।

भवन निर्माणको जिम्मा पिएमके कि वेस्ट जेभी काठमाण्डौले लिएको छ ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…