हतुवागढी वडास्तरीय फुटबलको उपाधी सिन्द्राङलाई, उपविजेता खैराङ

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी जारी अन्तर वडास्तरीय पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

आइतबार (आज) हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राईको प्रमुख आतिथ्यतामा फाइनल खेल उद्घाटन गरिएको हो । 

फाइनल खेलमा खैराङलाई हराउदै हतुवागढी ३ सिन्द्राङ उपाधी विजेता बनेको हो । विजेता बने सँगै सिन्द्राङ फुटबल टिमले ३५ हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

यस्तै प्रतियोगितामा उपविजेता हतुवागढी ४ खैराङ फुटबल टिमले रु. २० हजार नगद पुरस्कार सहित सिल्ड, मेडर र प्रमाणपत्र प्राप्त गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवं पालिका अध्यक्ष राईले हतुवागढीमा खेलकुद विकासका लागि निरन्तर लागि परेको बताउनुभयो ।
हतुवा क्षेत्रलाई खेलकुदलाई हवको रुपमा विकास गरेर पर्यटनलाई जोड्न सकिने उहाँको भनाइ छ ।

श्री वालाहाङ्ग सुनाहाङ्ग किरात राई उत्थान समाजको आयोजना तथा हतुवागढी गाउँपालिकाको प्रायोजन रहेको उक्त प्रतियोगिता ११ टिमको सहभागिता रहेको थियो ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…