तीजकाे अवसरमा महिला शिक्षक नृत्य प्रतियोगिता

शेयर गर्नुहोस

भाेजपुर । भोजपुरमा खुल्ला महिला शिक्षक नृत्य प्रतियोगिता सम्पन्नभएको छ । हरितालिका तीजको अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुर जिल्ला महिला विभागको आयोजनामा प्रतियोगिता आज सम्पन्न भएको हो ।
प्रतियोगितामा सिद्धेश्वर माविका शिक्षकहरु गीता दाहाल, प्रमिला खड्का, ममता कार्की र लक्ष्मी प्रधानको समुह प्रथम भएको छन् । यस्तै पौवादुङमा गाउपालिकाका केनिका सुब्बा, युजना जोशी र गीता राईको समुह दोस्रो भएका छन् भने टेम्केमैयुङ गाउपालिकाका शान्तिकला राई, सुभद्र राई र बालकुमारी राईको समुह तेस्रो भएका छन् । विजयी प्रथम दोस्रो र तेस्रो हुनेलाई क्रमश नगद ५ हजार, ३ हजार, र २ हजार पुरस्कारका साथमा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ६ वटा समुहको सहभागिता रहेको नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुर जिल्ला महिला विभाग प्रमुख सरस्वती राईले जानकारी दिनु भयो । कार्यक्रममा तीज विशेष शुभकामना समेत आदान प्रदान गरिएको उहाले बताउनु भयो ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…