तीजकाे अवसरमा महिला शिक्षक नृत्य प्रतियोगिता

शेयर गर्नुहोस

भाेजपुर । भोजपुरमा खुल्ला महिला शिक्षक नृत्य प्रतियोगिता सम्पन्नभएको छ । हरितालिका तीजको अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुर जिल्ला महिला विभागको आयोजनामा प्रतियोगिता आज सम्पन्न भएको हो ।
प्रतियोगितामा सिद्धेश्वर माविका शिक्षकहरु गीता दाहाल, प्रमिला खड्का, ममता कार्की र लक्ष्मी प्रधानको समुह प्रथम भएको छन् । यस्तै पौवादुङमा गाउपालिकाका केनिका सुब्बा, युजना जोशी र गीता राईको समुह दोस्रो भएका छन् भने टेम्केमैयुङ गाउपालिकाका शान्तिकला राई, सुभद्र राई र बालकुमारी राईको समुह तेस्रो भएका छन् । विजयी प्रथम दोस्रो र तेस्रो हुनेलाई क्रमश नगद ५ हजार, ३ हजार, र २ हजार पुरस्कारका साथमा प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा ६ वटा समुहको सहभागिता रहेको नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुर जिल्ला महिला विभाग प्रमुख सरस्वती राईले जानकारी दिनु भयो । कार्यक्रममा तीज विशेष शुभकामना समेत आदान प्रदान गरिएको उहाले बताउनु भयो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…