नारी दिवसमा शिक्षक संगठनको प्रशिक्षण कार्यक्रम

शेयर गर्नुहोस


भोजपुर । नेपाल राष्ट्रीय शिक्षक संगठन जिल्ला समिति भोजपुर महिला विभागले नारी दिवसको अवसरमा प्रशिक्षण कार्यक्रम आयोजना गरि मनाएको छ । “लैगिंक समानताको बलियो आधार , सिर्जनात्मक प्रविधिमा महिला पहुचको विस्तार भन्ने नारा सहित प्रशिक्षण कार्यक्रम आयोजना गरिएको संगठन भोजपुरका उपाध्यक्ष सरस्वती राईले बताउनु भयो ।
कार्यक्रममा नेपाल शिक्षक महासंघ भोजपुरका अध्यक्ष एवं अधिवत्ता तिर्थकुमार राईले लैंगिक हिंसा न्युनिकरण र समावेशिताको सवालमा संवैधानिक तथा कानुनि व्यवस्था विषयक कानुनि जानकारी प्रस्तुत गुर्न भएको थियो । प्रस्तुति संगै राईले निवृतिभरण ऐन २०७५ आए पनि सो अनुसार शिक्षकहरुलाई व्यवस्था नहुदा शिक्षक निवृति भरण हुने नहुने अन्योल हुनुका साथै श्रम ऐन अनुसार शिक्षकहरुको ग्रेड वृद्धि तलव समायोजन लगायत विषय सम्वोधन हुन नसकेको बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथिं संगठनका राष्ट्रीय उपाध्यक्ष एवं विश्व शिक्षक महासंघको एसिया प्रशान्त क्षेत्रको बोर्ड सदस्य कमला थापाले एनएनटिएको इतिहास र लैगिक समावेशिकरण विषयक प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्याक्रममा शिपमुलक तालिम अन्र्तगत लाछा धागो बनाउन समेत सिकाइएको थियो । संगठनका हतुवागढि गाउँपालिका कमिटिका उपाध्यक्ष मायादेवी राई लाछा धागो फुर्का बनाउन सिकाउनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रीय उपाध्यक्ष कमला थापा , संगठन प्रमुख सल्लाहकार राजधन राई,प्रदेश उपाध्यक्ष सरिता तामाग ,संगठनका भोजपुर अध्यक्ष धुव्रराज रेग्मी लगायत , राष्ट्रीय सदस्य यदुकुमारी सुवाल लगायतले शुभकामना संगै आफ्नो धारणा राख्नु भएको थियो ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…