नेशनल लाइफले दियो हतुवागढीका एक बिमित परिवारलाई २ लाखको मृत्यु दावी भुक्तानी

शेयर गर्नुहोस

२९ भाद्र, हतुवागढी । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दावी भुक्तानी गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सले भोजपुर जिल्ला हतुवागढी गा.पा. ५ होम्ताङ चण्डिडाँडाकी गरिमा दर्जीको निधन पछि उनका बुबा केदार दर्जीलाई २ लाख ४२ हजार ६ सय ६७ रुपैयाँ भुक्तानी गरेको हो ।

मंगलबार इन्स्योरेन्स अभिकर्ता सुनिता राईले मृतकको घरैमा पुगी एक कार्यक्रमका बिच वडाध्यक्ष शुरेश कुमार राईको बाहुली बाट सो रकमको चेक हस्तान्तरण गरेका हुन ।

मृतक बिमित गरिमा दर्जीको बालमृत बिमा योजना अन्तर्गत २ लाखको बिमा गरिएको थियो । उनले बिमाको ४ किस्ता नगद ६१ हजार मात्रै बुझाएका थिए । सो बीमा योजना अनुसार बिमितको मृत्यु भएमा बीमालेख कायमै रही बाँकी अवधीको शुल्क मिनाहा भएको छ । बाँकी अवधीको शुल्क मिनाहा सँगै मृतकका परिवारलाई बोनससहित नगद दुई लाख ४२ हजार ६ सय ६७ रुपैयाँ प्रदान गरिएको हो ।

गत बैशाख महिनामा बिमित गरिमा दर्जिको १० वर्षको उमेरमा असामयिक निधन भएको थियो । बिमितको निधन भएकाले कम्पनीले बीमा दाबी भुक्तानी गरेको जनाएको छ ।
मृतक बिमित गरिमा दर्जीको बुबाले पनि २ लाखको जीवन बिमा गरेका छन् ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…