१८औं बान्तावा कविता प्रतियोगितामा सहभागिताको लागि आह्वान

शेयर गर्नुहोस

काठमाडौं । किरात राई बान्तावा भाषाको मासिक पत्रीका बुङ्वाखाको १८औं वार्षिकोत्सबको अवसरमा हुने कविता प्रतियोगितामा सहभागिताको लागि आह्वान गरिएको छ ।

धनकुटा जिल्लाको सहिदभुमी गाउँपालिकामा हुन लागेको राई ‘बान्तावा’ भाषाको उक्त १८औं बान्तावा कविता प्रतियोगिता -२०७९ आगामी मंसिर २४ गते सम्पन्न हुने भएको हो ।

प्रतियोगितामा सहभागिताको लागि बान्तावा भाषाको लेखन पद्धति अनुसार कम्प्युटरमा शुद्ध टाइप गरि bungwakha@gmail.com मा इमेल अर्थात हुलाक मार्फत कार्तिक २४ गते सम्ममा पठाई सक्नु पर्नेछ । प्राप्त कविता मध्ये उत्कृष्ट १८ कविता छनोट गरि प्रतियोगितामा प्रतिस्पर्धाको लागि वाचन गराइने आयोजकले जनाएको छ ।

छनोटमा परेका कविहरुले अनिवार्य रुपमा जातीय मौलिक भेषभूषामा उपस्थित भइ कविता वाचन गर्नु पर्ने तथा पूर्वप्रकाशित र वाचित कवितालाई समावेश नगराइने जनाइएको छ ।

प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने कविहरुलाई ‘बुङ्वाखा-श्यामराज दुब्देङहाङ स्मृति कोष’बाट क्रमश: २० हजार, १५ हजार र १० हजार नगद सहित उत्कृष्ट १८ कविहरुलाई प्रमाणपत्र प्रदान गरिने छ ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…