भोजपुरको हतुवागढीमा पहिलो पटक ह्याण्डबल प्रशिक्षण
- खेलकुद
- June 23, 2022
घोडेटार । भोजपुर ह्याण्ड बल संघको आयोजना एवम हतुवागढी गाउपालिकाको आर्थिक सहयोगमा आज हतुवागढी १ घोरेटार स्थित सगरमाथा उच्च माबिको खेल मैदानमा प्रथम भोजपुर जिल्ला हेण्ड बल खेल प्रशिक्षण सुरु भएको छ ।
उक्त खेल प्रशिक्षण कार्यक्रम भोजपुर ह्याण्डबल संघका अधक्ष्य मुक्ती राईको अधक्ष्यता र हतुवागढी गाउपालिका अधक्ष्य प्रेम कुमार राई एवम विशेष अतिथी गाउपालिका उपाधक्ष्य सुनिता किराँती हुनुहुन्थ्यो ।
खेल प्रशिक्षण कार्यक्रम प्रमुख अतिथी प्रेम कुमार राई र उपाधक्ष्य सुनिता किरातीले संयुक्त रुपमा ह्याण्डबल खेलका प्रशिक्षक सबिन राईलाई बल हस्तान्तरण गरि खेल उदघाटन गर्नु भएको थियो उक्त कार्यक्रममा हतुवागढी १ का वडा अधक्ष्य कुमार बिष्ट २ का बिचारी थापा र कार्यपालिका सदस्य द्वय बालसोर राई र तिर्थ कुमारी राईको उपस्थिती रहेको थियो। ह्याण्डबल खेल भोजपुर जिल्ला मै पहिलो पटक प्रशिक्षण भएको कुरा भोजपुर ह्याण्डबल संघका अधक्ष्य मुक्ती राईले बताउनु भएको छ ।