माघ २४ देखि जनता क्याम्पसमा ‘स्ववियु कप–२०८०’ हुँदै, यी हुन् खेलहरुः अनलाइन आवेदन भर्नुहोस्

शेयर गर्नुहोस

इटहरी । जनता बहुमुखी क्याम्पस इटहरीमा ‘स्ववियु कप २०८०’ सप्ताहव्यापी खेलकुद समारोह हुने भएको छ ।

जनता बहुमुखी क्याम्पस इटहरीको अतिरिक्त कार्यकलाप समितिको संयोजन र स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा उक्त कार्यक्रम यही माघ २४ गते देखि हुन लागेको हो ।

मंगलबार स्ववियुले एक सुचना जारी गर्दै विद्यार्थीहरुलाई सहभागिताको लागि आह्वान गरेको हो । उक्त खेलकुद समारोहमा फुटबल, भलिबल, डोरी तान, कबड्डी, म्याराथुन, टेबलटेनिस, बुद्धिचाल, छेलो, हाइजम्प, लङजम्प, लगायतको खेलहरु सञ्चालन हुनेछन् । उल्लिखित खेलहरुमा प्रतिस्पर्धाको लागि सहभागी हुन विद्यार्थीले क्याम्पसको परिचयपत्र अनिवार्य लयाउनु पर्नेछ । सहभागिताको लागि सम्बन्धित खेल संयोजकलाई सम्पर्क गरि यही माघ १९ गते भित्र आफ्नो नाम दर्ता गरिसक्नु पर्ने छ । अनलाइन आवेदनका लागि👉️ यहाँ क्लिक गर्नुहोस् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…