होम्ताङमा साकेन्वा मेला २०८०: हतुवाली सिली प्रतियोगिता

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका स्थित होम्ताङमा साकेन्वा उधौली मेला २०८० हुने भएको छ ।

साकेन्वा संरक्षण तथा पुजा समिति हतुवागढी ५ को आयोजनामा मंसिर ३ देखि ११ गते सम्म उक्त मेला सञ्चालन हुने भएको हो ।

किराती समुदायको उधौली चाडको अवसर पारेर स्थानीय संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागेको हतुवागढी वडा नं. ५ का अध्यक्ष सुरेश कुमार राईले बताए । वडाध्यक्ष राईका अनुसार मंसिर ३ गते मेलाको उद्घाटन भई ११ गते सोमबार होम्ताङ साकेन्वा सँगै समापन हुनेछ ।

मेलाको अवसरमा खुल्ला शिलि प्रतियोगिताको आयोजना गरिएको छ । सिली प्रतियोगितामा सहभागिताको लागि मंसिर ४ गते सम्म आयोजक समक्ष समूह दर्ता गरिसक्नुपर्ने जारी सुचनामा उल्लेख छ । उक्त प्रतियोगिता मेलाको चौंथो दिन अर्थात मंसिर ६ गते साकेन्वा फुटबल खेल मैदान हतुवागढी ५ र ६ स्थित हुनेछ । किराती भेषभुषामा सजिएर एक टिममा कम्तिमा ११ जनाको समूह प्रतियोगितामा सहभागि हुन पाउने आयोजकले जनाएको छ ।

सिली प्रतियोगितामा प्रथम हुने समूहले रु. १५ हजार, दोस्रोले रु. १० हजार र तेस्रो हुने समूहले रु. ५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गर्नेछन् ।

किरात राई जातिको विशेष पर्व हो उधौली र उभौली । यस अवसरमा आफ्नै भेषभूषामा किरात राईहरु साकेला, साकेन्वा नाच्ने गर्दछन् । राई जातिको नृत्य ठाउँ र थरगत भाषा अनुसार फरक फरक पाइएपनि भोजपुरको हतुवागढी, आमचोक, रामप्रसाद राई गाउँपालिका र खोटाङको जन्तेढुङ्गा गाउँपालिका क्षेत्रमा साकेन्वा भन्ने गरिन्छ । साकेन्वाको अवसरमा गीत गाउँदै नाचिने भएकाले लाकछाम पनि भन्ने गरिन्छ । किरात राई बान्तावा भाषामा लाक भनेको नाच र छाम भनेको गीत भन्ने हुन्छ । साकेन्वा लाकछाममा विभिन्न जनावर र चराचुरुङ्गीको नक्कल गर्दै कृषि उत्पादन प्रकृयाको जीवन्त अभिनय पाइन्छ । यसरी फरक फरक अभिनय गर्ने प्रकृया सिली हो । जसलाई हतुवा क्षेत्रमा हतुवाली सिली भनेर बुझिन्छ ।

हतुवागढी क्षेत्र किरात राई जातिको बाहुल्यता रहेको ठाउँ हो । बाइुसे चौबिसे राज्य हुँदा हतुवागढीको वालाहाङ वंशका सुनाहाङ राजाले राज्य गरेको इतिहास छ । किरातीहरुको महत्वपूर्ण चाड उधौलीको अवसरमा हतसवागढीको होम्ताङमा पहिलो पटक साकेन्वा मेला हुन लागेको हो । मेलाको अवसरमा डोरी तान प्रतियोगिता, भलिबल प्रतियोगिता रहनेछन् । रोटेपिङ र लिङ्गे पिङ मेलामा आकर्षणको रुपमा रहनेछ भने स्थानीय उत्पादन र बिक्री वितरणका लागि स्टलहरु निर्माण गरिनेछन् । स्टलहरुमा स्थानीय उत्पादनको प्रदर्शन र प्रवद्र्धन गरिने छ । प्रत्येक साँझ आमन्त्रित कलाकार र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिका साथ साँगितिक साँझ समेत हुनेछ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…