युवा संघले गर्‍यो भोजपुर बसपार्क सरसफाइ

शेयर गर्नुहोस

भोजपुर । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले भोजपुर बसपार्क क्षेत्रमा सरसफाइ गरेको छ ।

युवा संघ नगर कमिटीको आयोजनामा नयाँ बसपार्क र नाली सरसफाइ गरिएको हो । नागरिकसँग प्रत्यक्ष जोडिँदै आफ्नो गाउँठाउँको विकासमा युवा शक्ति परिचालनको प्रेरणा जागृत गराउन सरसफाइ कार्यक्रम आयोजना गरिएको नगर कमिटीका अध्यक्ष दीपेन दर्नालले बताए ।

चाडबाडको अवसर पारेर गरिएको सरसफाइको एमाले भोजपुरका अध्यक्ष शरणकुमार राई,  युवा संघका केन्द्रीय सदस्य विमल रणपहेँली, अनेरास्ववियुका केन्द्रीय सदस्य प्रताप तामाङलगायतले नेतृत्व गरेका थिए ।  यसअघि पनि युवा संघले स्थानीयसँग समन्वय गरेर भोजपुर बजारका खाल्डाखुल्डी ढलान गरेर पुर्ने अभियान चलाएको थियो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…