विद्यालय बन्द नगर्न आमचोक गाउँपालिकाको निर्देशन

शेयर गर्नुहोस

४ असोज, भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाले गाउँपालिकाका कुनैपनी विद्यालय बन्द नगर्न निर्देशन दिएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै पालिका अध्यक्ष अशोक राईले आन्दोलन गर्न पाउने हकलाई सुनिश्चित गर्दै विद्यार्थीले पढ्न पाउने हकलाई नबिर्सन आग्रह गरेका हुन् ।

पालिका अध्यक्ष राईले आन्दोलनले स-साना बालबालिका र किशोरकिशोरीहरुको पठनपाठनलाई अवरुद्ध गर्दा उनीहरुको भविष्यमा नकारात्मक असर पुग्ने कुरालाई ध्यानमा राख्न अनुरोध गरेका छन् ।

गाउँपालिकाको कुनैपनि विद्यालय बन्द नगरी पठनपाठन सुचारु गर्नुपर्ने अन्यथा पालिकाको अनुरोधलाई वेवास्ता गरि विद्यालय अनिश्चितकालीन बन्द रहँदा उत्पन्न हुने सम्पूर्ण शैक्षिक, मनोवैज्ञानिक, सामाजिक एवं भौतिक असहज परिस्थिति प्रती स्वयम् महासंघ जिम्मेवार रहनुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

विद्यालय शिक्षा ऐन २०८० को प्रस्तावित विधेयकलाई लिएर नेपाल शिक्षक महासंघले असोज ३ गते देखि आन्दोलनको घोषणा गरे सँगै आमचोक गाउँपालिकाको पालिका स्तरीय महासंघको अनिश्चितकालीन विद्यालय बन्द गर्ने निर्णयप्रती  गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

विधेयकमा नमिलेका र छुटेका कुरालाई संशोधन गरेर विद्यालय र शिक्षाको एक उत्कृष्ट ऎनको रुपमा पारित गर्न महासंघको आन्दोलनप्रती एक्यवद्धता र समर्थन रहेपनी विद्यालय बन्द नहुने अध्यक्ष राईको भनाइ छ ।

शिक्षक महासंघ आमचोकले असोज १ गते नै विज्ञप्ति जारी गर्दै ३ गते देखि विद्यालय बन्द गरि काठमाडौंमा हुने आन्दोलनमा सहभागी हुन शिक्षकहरुमा आह्वान गरेको थियो ।

 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…