हतुवागढीमा १६औं पुस्तकालय दिवस मनाइयो
- समाचार
- September 2, 2023
घोडेटार । भोजपुरको हतुवागढीमा १६औं पुस्तकालय दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेम कुमार राईको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन गरिएको हो ।
हतुवागढी शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा सगरमाथा मावि पुस्तकालयको व्यवस्थापन र हतुवागढी पुस्तकालय तथा ईश्वरमान राई प्रतिष्ठानको सहकार्यमा “पुस्तक सङ्ग्रहमा हाम्रो भुमिका: शिक्षक,विद्यार्थी,अभिभावक तथा पाठकहरुको सक्रिय सहभागिता ” बिषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
हतुवागढी पुस्तकालय तथा ईश्वरमान राई प्रतिष्ठानका अध्यक्ष ईन्द्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो ।