आज देखि खुल्यो निमावि तहको अध्यापन अनुमति पत्रको आवेदन, कार्तिकमा परिक्षा हुने

शेयर गर्नुहोस

 

साउन ११, काठमाडौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले बिहीबार एक सूचना जारी गर्दै न्यूनतम् योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिहरूले बिहीबारदेखि आवेदन दिन सक्ने जनाएको हो ।

भाद्र ८ गतेसम्म दरखास्त बुझाउने समय छ भने दोब्बर दस्तुर बुझाएर दरखास्त दिन समय भाद्र १५ गतेसम्म छ। दरखास्त फारम भर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भएकोले फारम भर्न सक्नेछन्।

शिक्षा विषयमा माध्यमिक (+२) उतिर्ण गरेको र माध्यमिक तह उतिर्ण गरि शिक्षा विषयमा कम्तिमा १० महिना तालिम पुरा गरेकाहरुले आवेदन दिन पाउनेछन् ।
अध्यापन अनुमति पत्रको परिक्षा भने २०८० कार्तिक १८ गते हुने जारी सुचनामा उल्लेख छ ।

आवेदन आयोगको अनलाइन प्रणालीमार्फत दिनुपर्नेछ । अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवम् पेश गरेका कागजातहरू राजश्व दस्तुर बुझाइसकेपछि परिमार्जन गर्न नसकिने सूचनामा उल्लेख छ ।

दरखास्त फारम अनलाइनबाट भर्न सकिन्छ। आयोगको वेवसाइट https://license.tsc.gov.np/ मा गएर अनलाइन एप्लिकेशनबाट दरखास्त भर्न सकिने आयोगले निकालेको सूचनामा उल्लेख छ।

अन्य पोष्टहरु

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

शेयर गर्नुहोस घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नं ८ स्थित पात्लेपानी स्वास्थ्य चौकीमा स्वयंसेविका छनौटको…
चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…