आज देखि खुल्यो निमावि तहको अध्यापन अनुमति पत्रको आवेदन, कार्तिकमा परिक्षा हुने

शेयर गर्नुहोस

 

साउन ११, काठमाडौ । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह अध्यापन अनुमति पत्रका लागि दरखास्त आह्वान गरेको छ ।

आयोगले बिहीबार एक सूचना जारी गर्दै न्यूनतम् योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिहरूले बिहीबारदेखि आवेदन दिन सक्ने जनाएको हो ।

भाद्र ८ गतेसम्म दरखास्त बुझाउने समय छ भने दोब्बर दस्तुर बुझाएर दरखास्त दिन समय भाद्र १५ गतेसम्म छ। दरखास्त फारम भर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भएकोले फारम भर्न सक्नेछन्।

शिक्षा विषयमा माध्यमिक (+२) उतिर्ण गरेको र माध्यमिक तह उतिर्ण गरि शिक्षा विषयमा कम्तिमा १० महिना तालिम पुरा गरेकाहरुले आवेदन दिन पाउनेछन् ।
अध्यापन अनुमति पत्रको परिक्षा भने २०८० कार्तिक १८ गते हुने जारी सुचनामा उल्लेख छ ।

आवेदन आयोगको अनलाइन प्रणालीमार्फत दिनुपर्नेछ । अनलाइन दरखास्तमा आवेदन गर्दा व्यक्तिगत विवरण एवम् पेश गरेका कागजातहरू राजश्व दस्तुर बुझाइसकेपछि परिमार्जन गर्न नसकिने सूचनामा उल्लेख छ ।

दरखास्त फारम अनलाइनबाट भर्न सकिन्छ। आयोगको वेवसाइट https://license.tsc.gov.np/ मा गएर अनलाइन एप्लिकेशनबाट दरखास्त भर्न सकिने आयोगले निकालेको सूचनामा उल्लेख छ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…