सुत्केरी आमाहरुलाई वडाध्यक्ष थापाको आर्थिक सहयोग

शेयर गर्नुहोस

साउन ६, पात्लेपानी । स्वास्थ केन्द्रमा प्रसूति गराउने महिलालाई वडाध्यक्ष प्रेम बहादुर थापाले आर्थिक सहयोग प्रदान गरेका छन् ।

भोजपुरको हतुवागढी गाउँपालिका -८ का वडाध्यक्ष थापाले स्वास्थ्य केन्द्रमा प्रसूती गराएका सुत्केरी आमाहरुलाई प्रोत्साहन स्वरुप प्रतिव्यक्ति नगद रु दुई हजार आर्थिक सहयोग प्रदान गरेका हुन् ।

आफू निर्वाचित भए लगत्तै स्वास्थ्य केन्द्रमा प्रसूति गराएका महिलालाई व्यक्तिगत आर्थिक सहयोग गर्ने घोषणा गरेका वडाध्यक्ष थापाले यस आर्थिक वर्ष २०७९/०८० मा स्वास्थ केन्द्रमा प्रसूति गराएका २० जना महिलालाई जम्मा ४० हजार नगद शुक्रबार प्रदान गरेका हुन् ।

वडाध्यक्ष थापाले गतवर्ष पनि हतुवागढी-८ स्थित पात्लेपानी स्वास्थ्य केन्द्रमा प्रसूति गराएका पाँच महिलालाई दुई हजारको दरले आर्थिक सहयोग प्रदान गरेका थिए ।

गर्भवती महिलालाई सुरक्षाको निमित्त स्वास्थ्य केन्द्रमा प्रसूति गराउन प्रेरित गर्न साथै सुत्केरी महिलाहरुलाई पौष्टिक आहाराको लागि व्यक्तिगत रुपमा आर्थिक सहयोग प्रदान गरेको वडाध्यक्ष थापाले बताए ।

उनले स्वास्थ्य केन्द्रमा आएर प्रसूती गराउने वडा नं.-८ का सबै सुत्केरी महिलाहरुलाई प्रति व्यक्ति दुई हजारका दरले आफ्नो ५ वर्षे कार्यकाल भरी निरन्तर वितरण गर्ने घोषणा गरेका हुन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…