गाउँपालिका केन्द्र सर्ने भएपछि जनप्रतिनिधिलाई थुनियो

शेयर गर्नुहोस


भोजपर । भोजपुरको अरूण गाउँपालिकाको केन्द्रका लागि जग्गा छनौट गर्ने निर्णय भएपछि विवाद भएको छ । निर्णयपछि  गाउँपालिका अध्यक्ष सालिगराम खत्रि,उपाध्यक्ष विनिता ढकाल लगायत सदस्यलाई तालाबन्दि गरिएको छ । आज बसेको कार्यपालिका बैठकले सर्वसम्मत निर्णय हुन नसकेपछि बहुमतको आधारमा अरूण गाउपालिकाको कार्यालयका लागि जग्गा छनौट गरिएको थियो । गाउँपालिकको केन्द्र प्याउलि बजार भन्दा २ किलोमिटर टाढा मराङडाडामा हुनेभएपिछ स्थानिय बजार बासि आक्रोशित बनेका हुन । कार्यपालिकाको बहुमतको निर्णय भएकोमा बजारवासिले विरोध गर्दै तालाबन्दि गरेको गाउँपालिका उपाध्यक्ष विनिता ढकालले बताउनु भयो । स्थानिय प्याउली बजार वासि पुर्ण श्रेष्ठले भने गाउँपालिकाका जनप्रतिनिधि प्रभाव र दवावमा परेर गलत निर्णय गरेका कारण विरोध स्वरूप तालाबन्दि गरेको बताउनु भयो । अहिले सुरक्षाकर्मि पुगि समन्वय भैरहेको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…