उधौली अवसर पारेर बान्तावा खिमको आयोजनामा साकेन्वा, साकेला र केलाङ नृत्य प्रदर्शन

शेयर गर्नुहोस

इटहरी । किरात राई बान्तावा खिम केन्द्रीय कार्यसमितिको आयोजनामा साकेन्वा, साकेला साथै केलाङ नृत्य प्रदर्शन तथा येले दोङ ५०८२ को शुभकामना आदानप्रदान गरिएको छ ।

शनिबार सुनसरीको इटहरी-१० स्थित खिमको निर्माणाधीन भवन पूर्व साँस्कृतिक पार्कमा राई जातीको साकेला, साकेन्वा र लिम्बु जातीको केलाङ (च्याब्रुम) सांस्कृतिक नृत्य प्रदर्शन गरिएको हो ।

इटहरी -१० का वडाध्यक्ष अवदेश चौधरीको प्रमुख आतिथ्यतामा पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको औपचारिक उद्घाटन गरिएको हो ।

बान्तावा खिमका अध्यक्ष ज्ञान किरातीले निर्माणाधीन भवन पूर्व सांस्कृतिक पार्कमा सबै धर्म समुदायको सांस्कृतिक केन्द्र बनाउन लागेको बताएका छन् ।
अध्यक्ष किरातीले निर्माणाधीन भवन परिसरमा किरात राई जातीको साकेन्वा, साकेला पुज्ने माङखिम (पुजा गर्ने घर), थेत्लुम (साकेला/साकेन्वा नाच्ने ठाउँ) थारु समुदयको छठ र हिन्दु धर्मावलम्बीहरुको लागि मन्दिर निर्माण गर्न लागिएको बताए ।

कार्यक्रममा भोजपुरे बान्तावा राई लाकछाम सिलि समिति तरहरा, भोजपुरे बान्तावा राई लाकछाम सिलि समिती धरान, पारुहाङ सुम्निमा काचिपेन सुन्दरहरैचा मोरङ, गैरिगाउ, सुनौलो टोल,शिवनारायण टोल साकेन्वा लाकछाम सिलि, किरात राई बान्तावा खिम बेलबारी, किरात राई यायोक्खा बेलबारीको साकेला साकेन्वा लाकछाम टोली र किरात याक्थुम चुम्लुङ इटहरी उपमहानगरपालिका वडा नं १० को च्याब्रुम नाच प्रदर्शनमा रहेको थियो ।
बालक देखि वृद्ध सम्म आ-आफ्नै मौलिक भेषभुषामा उपस्थितिले अझ सौन्दर्यता थपिएको थियो ।            youtube:  https://youtu.be/N2HyXvr4Ynk

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…