भोजपुरमा शेरधन राईलाई सुरुवाती अग्रता
- समाचार
- November 21, 2022
भोजपुर । भोजपुरमा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा एमाले उम्मेदवार शेरधन राईले सुरुवाती अग्रता लिएका छन् ।
सोमबार साँझ सात बजे बाट सुरु गरिएको मतगणनामा ४०० मत गणना हुँदा नेकपा एमाले उम्मेदवार राईले १८७ मत प्राप्त गरेका छन् ।
उनलाई पछ्याइरहेका सत्ता गठबन्धनअन्तर्गत नेकपा माओवादी उम्मेदवार सुदन किरातीले १७२ मत प्राप्त गरेका हुन् ।
भोजपुरमा ५० दशमलव ३९ प्रतिशत मत खसेको छ । कुल एक लाख २३ हजार ३७९ मतदाता मध्ये ६२ हजार १८१ जना मतदाताले मतदान गरेका गरेका छन् । जिल्लाका नौ वटै स्थानीय तहका ८७ ओटा मतदान स्थलको एक सय ५७ मतदान केन्द्रमा सौहर्दपूर्ण वातावरणमा मतदान सम्पन्न भएको थियो ।