लुङ्थुङमा बेपत्ता ७ वर्षीया बालिका मृत अवस्थामा फेला

शेयर गर्नुहोस

कार्तिक ८, हतुवागढी । भोजपुरको हतुवागढी -४ लुङ्थुङमा ७ वर्षीया बालिका मृत फेला परेकी छिन् ।

साविक खैराङ गाविस ५ लुङ्थुङका सुरेश राईको ७ वर्षीया छोरी प्रतीक्षा राई नजिकै जंगलको ओडारमा मृत भेटिएकी हुन् ।

कार्तिक ५ गते देखि बेपत्ता उनलाई खोजी गर्ने क्रममा (आज) मंगलबार बिहान १ बजे फेला पारिएको हो ।

सोमबार इलाका प्रहरी कार्यलय घोडेटारका प्रमुख प्र.नि. धन बहादुर राजवंशी लगायत सयौंको संख्यामा प्रहरी, म्यादी प्रहरी र स्थानीयहरुको सहभागितामा खोजी गरिएको थियो ।
स्थानीयको लगातारको खोजी कार्यपछी नजिकै जंगलको ओडारमा मृत अवस्थामा फेला परेकी हुन् । अघिल्लो पटक खोज्दा नभेटेपछि पुन खोज्ने क्रममा त्यही ओडारमा भेटिएको एक स्थानीयले बताए ।

शंकास्पद गाउँमा गुरु भनेर चिनिने एक व्यक्तिलाई अनुसन्धानको लागि इलाका प्रहरी कार्यलय घोडेटारले नियन्त्रणमा लिएको छ । घटनाको पूरा विवरण आउन बाकी……………

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…