हतुवागढी गाउँपालिकाको जेसिबी सापिन्टारको सालबिसौनीमा दुर्घटना

शेयर गर्नुहोस

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाको जेसिबी दुर्घटना भएको छ ।

शुक्रबार सडक मर्मत तथा सरसफाइको लागि गाउँपालिकाद्वारा परिचालित बा १ ग ३२४७ नं. को क्याट कम्पनीको जेसीभि हतुवागढी ८ र ९ नम्बर वडाको सिमा स्थित दुर्घटना भएको हो ।

गाउँपालिकाबाट हतुवागढी -९ हसनपुर तर्फ जानेक्रममा उक्त जेसिबी सापिन्टार नजिकै सालबिसौनीमा ब्रेकफेल भई बाटोदेखी करिब १०० मिटर तल अधिकारी खोलामा खस्दा दुर्घटना भएको स्थानीय नविन्द्र चाम्लिङले जानकारी दिए ।

उक्त दुर्घटनामा हतुवागढी गापा वडा नं. ४ फलामढुङ्गाका निवासी २७ वर्षीय चालक विजय राई र सोही ठाउँका २४ वर्षीय  सहचालक अनिल राईले हामफालेर ज्यान बचाएका हुन् ।

फालहान्ने क्रममा शरीरमा केही घाउचोट लागेकोले तत्काल चेकजाँच र उपचारको लागि प्राथमीक स्वास्थ्य केन्द्र घोडेटार पठाइएको उनीहरुको अवस्था भने सामान्य रहेको प्रहरी चौकी हसनपुरले जनाएको छ । भिडियो: https://youtu.be/C6M6t6RAtvA

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…