हतुवागढी गाउँपालिकाको जेसिबी सापिन्टारको सालबिसौनीमा दुर्घटना

शेयर गर्नुहोस

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाको जेसिबी दुर्घटना भएको छ ।

शुक्रबार सडक मर्मत तथा सरसफाइको लागि गाउँपालिकाद्वारा परिचालित बा १ ग ३२४७ नं. को क्याट कम्पनीको जेसीभि हतुवागढी ८ र ९ नम्बर वडाको सिमा स्थित दुर्घटना भएको हो ।

गाउँपालिकाबाट हतुवागढी -९ हसनपुर तर्फ जानेक्रममा उक्त जेसिबी सापिन्टार नजिकै सालबिसौनीमा ब्रेकफेल भई बाटोदेखी करिब १०० मिटर तल अधिकारी खोलामा खस्दा दुर्घटना भएको स्थानीय नविन्द्र चाम्लिङले जानकारी दिए ।

उक्त दुर्घटनामा हतुवागढी गापा वडा नं. ४ फलामढुङ्गाका निवासी २७ वर्षीय चालक विजय राई र सोही ठाउँका २४ वर्षीय  सहचालक अनिल राईले हामफालेर ज्यान बचाएका हुन् ।

फालहान्ने क्रममा शरीरमा केही घाउचोट लागेकोले तत्काल चेकजाँच र उपचारको लागि प्राथमीक स्वास्थ्य केन्द्र घोडेटार पठाइएको उनीहरुको अवस्था भने सामान्य रहेको प्रहरी चौकी हसनपुरले जनाएको छ । भिडियो: https://youtu.be/C6M6t6RAtvA

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…