भोजपुरको हतुवागढीमा भरुवा बन्दुक प्रहारबाट एक घाइते

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका–२ स्थित भरुवा बन्दुक प्रहारबाट एक घाइते भएका छन् ।

२७ वर्षीय दिकपाल राईले स्थानीय २८ वर्षीय विश्वहाङ राईलाई भरुवा बन्दुकबाट गोली प्रहार गरेका थिए ।

प्रहरीले बुधवार राति एकथान भरुवा बन्दुकसहित २७ वर्षीय दिकपाल राईलाई पक्राउ गरेको हो । 

बन्दुकको छर्रा लागी विश्वहाङ घाइते भएका छन् । घाइते विश्वहाङको धरानस्थित विपी प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घटनापछि दिकपाललाई इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी टोलीले बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…