भोजपुरको हतुवागढीमा १५ दिने हेण्डबल प्रशिक्षण सम्पन्न

शेयर गर्नुहोस

घोडेटार । भोजपुर जिल्ला ह्याण्डबल संघद्वारा आयोजित हेण्डबल खेल प्रशिक्षण सम्पन्न भएको छ ।

हतुवागढी-१ घोडेटार स्थित सगरमाथा माविमा जारी उक्त हेण्डबल खेल प्रशिक्षण पालिका अध्यक्ष प्रेमकुमार राईको प्रमुख आतिथ्यमा बुधबार (आज) समापन गरिएको हो ।

उक्त समापन कार्यक्रमलाई सम्बोधन गर्दै पालिका अध्यक्ष्य राईले हेण्डबल खेल भोजपुर जिल्लाको लागि नयाँ खेल भएको उल्लेख गर्दै उक्त खेल प्रशिक्षण गराउन हतुवागढी गाउँपालिकालाई अवसर प्राप्त भएको बताए ।

१५ दिन सम्म सञ्चालनमा रहेको उक्त प्रशिक्षणमा हतुवागढी गाउँपालिका अन्तर्गतका महिला र पुरुष गरि १०० जना खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

उक्त खेल प्रशिक्षणबाट जिल्लामा हेण्डबल खेलका लागि २ महिला समुह र १ पुरुष समूह तयार गरिएको भोजपुर हेण्डबल संघका अध्यक्ष मुक्ती राईले जानकारी दिए ।

हतुवागढी गाउँपालिका उपाध्यक्ष सुनिता किरातीको विशेष आतिथ्यता रहेको उक्त समापन कार्यक्रममा सगरमाथा माविका प्रधानध्यापक हेमराज न्यौपाने, हतुवागढी गाउपालिका वडा नम्बर २ का वडाध्यक्ष बिचारी थापा लगायतको उपस्थिति रहेको थियो ।

समापन कार्यक्रमकाबीच महिला खेलाडी प्रशिक्षार्थीले मैत्रीपुर्ण खेल प्रदर्शन गरेका थिए । उदयपुर जिल्ला ह्याण्डबल संघका राष्ट्रीय खेलाडी सबिन मगर सहितको प्रशिक्षक टोलीले उक्त १५ दिने ह्याण्डबल खेलमा प्रशिक्षण दिएका हुन् ।

भोजपुर जिल्ला ह्याण्डबल संघका अध्यक्ष मुक्ती राईको अधक्ष्यतामा सम्पन्न उक्त कार्यक्रम सन्चालन संघका सचिव रबिन थापाले गरेका थिए ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…