‘वडाबासीको भावना अनुरुप र माग अनुसार काम गर्छु’: गणेश रोका

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडानम्बर ४ को वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट गणेश रोकाले उम्मेदवारी दिएका छन् ।

पार्टीको १४ औं महाधिवेशनबाट वडा सभापतिको जिम्मेवारीमा रहेका रोकाले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

२०६२ सालमा श्री सगरमाथा मावी नेविसंघ इकाइ समिती सदस्य भए सँगै राजनैतिक यात्रा प्रारम्भ गरेका उनले आसन्न वैशाख ३० को निर्वाचनमा वडाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

माध्यमिक शिक्षा हासिल गरेका ३३ वर्षीय रोकाको पारिवारिक पृष्ठभुमि राजनीति नजिक रह्यो । विभिन्न संघ संस्थामा आवद्ध रहेका रोका पार्टीको जिम्मेवारी सम्हाले पश्चात् संघ संस्था त्यागेर राजनितीमा होमिएका हुन् । वडाध्यक्षमा उम्मेदवारी दर्ता गरे सँगै उनी चुनावी अभियानमा वडाबासीको घर दैलोमा पुग्ने गरेका छन् ।

अघिल्लो जनप्रतिनिधि साविकका सबै वडामा समान ढंगले विकास नपुर्याएको उनले बताए । उनले आफू घरदैलो अभियानमा सडक र खानेपानीको विषयमा जनताको गुनासो पाएको र त्यसलाई सम्बोधन गर्ने प्रतिवद्वता व्यक्त गरे ।

वडाका सबै स्थानीय सँग राम्रो सम्बन्ध कायम भएको कारण सबैको साथ रहनेमा उनको विश्वास छ । वडाको आवश्यकता अनुसारको विकास र स्थानीय जनताको माग अनुसार योजना छनोट गर्ने उनले बताए । खानेपानीको सुविधा र सडकको स्तरोन्नति गर्ने कार्यलाई उनले प्राथमिकतामा राखेका छन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…