हतुवागढीका एक मात्र स्वतन्त्र उम्मेदवार काजिराम बस्नेतले पाए ‘धारा’ चुनाव चिन्ह

शेयर गर्नुहोस

–अर्जुन राई अपहेलित,

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका–१ का वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार काजिराम बस्नेतले ‘धारा’ चुनाव चिन्ह पाएका छन् ।

शनिबार गरिएको चुनाव चिन्ह वितरणमा बस्नेतले ‘धारा’ चिन्ह पाएका हुन् ।

नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका बस्नेतलाई धारा चुनाव चिन्ह प्रदान गरिएको स्थानीय निवार्चन कार्यलय घोडेटारका सहायक अधिकृत राज कुमार शाक्यले जानकारी दिए ।

हतुवागढीमा पाँच दलले सहभागिता जनाएका छन् । हतुवागढी ९ को वडाध्यक्षमा मंगोल नेशनल अर्गनाइजेशनको तर्फबाट अमर राईले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै हतुवागढी–९ मा नेपाली कांग्रेसको तर्फबाट शान्तिमाया राईले वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छिन् । ९ वटा वडामध्ये शान्तिमाया एक मात्रै महिला वडाध्यक्षका उम्मेदवार हुन् ।

त्यस्तै जनता समाजवादी पार्टी नेपालले पनि ३ वडामा उम्मेदवारी दर्ता गराएको छ । हतुवागढी १ र २ वडामा अध्यक्ष र वडा नम्बर ५ मा प्यानलै जसपाका उम्मेदवार रहेका छन् । नेकपा माओवदीले हतुवागढी ८ र ९ नम्बर वडामा प्यानलै उम्मेदवारी दर्ता गराएको छ भने अन्य केही वडामा नेपाली कांग्रेस सँग गठबन्धन गरेको छ ।

नेकपा एमाले र नेपाली कांग्रेसले ९ वटै वडामा उम्मेदवारी दर्ता गराएको छ । अघिल्लो निर्वाचनको तुलनामा यस पटक उम्मेदवारको रुपमा युवा वर्गको सहभागिता रहेको छ ।

अन्य पोष्टहरु

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

शेयर गर्नुहोस घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नं ८ स्थित पात्लेपानी स्वास्थ्य चौकीमा स्वयंसेविका छनौटको…
चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…