नेकपा भोजपुरको सात निर्णय, स्थानीय निर्वाचनमा असहयोग साथै कृषि उत्पादनमा जोड

शेयर गर्नुहोस

भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला समिति भोजपुरको १४ औं पुर्ण बैठकले स्थानीय निर्वाचन लक्षित सात निर्णय गरेको छ ।

नेकपा भोजपुर पार्टी सचिव तिलक गुरुङ्गको अध्यक्षता र पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कमरेड शैलेसको विशेष उपस्थितिमा बैशाख ६ र ७ गते उक्त बैठक सम्पन्न भएको हो ।

बुधबार एक विज्ञप्ति मार्फत पार्टीको निर्णहरु सार्वजनिक गरिएको छ । संगठन सुदृढिकरण र विस्तार अभियानमा जोड दिने तथा जनमत संग्रह मार्फत वैज्ञानिक समाजवाद प्राप्तिको एजेन्डालाई व्यापक बहसमा लैजाने निर्णय गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

एमसिसि र अरुण तेस्रोको पोलिङ, मुअब्जा र अधिकरण गरिएको जग्गाको स्वामित्वको विषयलाई राष्ट्रियता र जनजिविकाको विषयमा जोडेर संघर्ष गर्ने साथै पार्टीले आसन्न स्थानिय निर्वाचनमा स्वतन्त्र, राष्ट्रवादी , स्वच्छ छवि भएका उमेद्धारहरु बाहेकलाई असहयोग गर्ने जनाइएको छ ।

जारी विज्ञप्तिमा अनुसार संसदिय व्यवस्थाको विरुद्धमा भण्डाफोर अभियानलाई व्यापक रुपमा टोल–टोल सम्म सञ्चालन गर्नुका साथै पार्टीलाई आत्मनिर्भर बनाउनका लागि कृषि उत्पादनलाई व्यवस्थित बनाउन लागेको हो ।

हेर्नुहोस् प्रेस ज्ञिप्तिः

“हाम्रो महान तथा जनपृय पार्टी नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति भोजपुरको १४ औ पुर्ण बैठक जिल्ला पार्टी सचिव तिलक गुरुङ्गको अध्यक्षता र पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कमरेड शैलेसको विशेष उपस्थितिमा भोजपुर जिल्लाको सदरमुकाममा २०७९ बैशाख ६ र ७ गते सम्पन्न भयो । बैठकले गरेका एतिहासिक निर्णयहरु यसै जिज्ञप्ती मार्फत सार्वजानिक गरिएको छ ।

१. बैठकको शुरुमा महान जनयुद्ध , एकीकृत जनक्रान्ति एवं सम्पुर्ण मुक्ति आन्दोलनमा सहादत प्राप्त गर्ने महान सहिदहरु प्रति श्रदाञ्जली अर्पण गरियो । वेपक्ता, घाइते अपाङ्ग र बन्दि कमरेडहरु प्रति उच्च सम्मान प्रकट गरियो ।

२. क्रान्तिकारी ध्रुविकरणलाई विशेष जोड दिदै जनमत संग्रह मार्फत वैज्ञानिक समाजवाद प्राप्तिको एजेन्डालाई व्यापक बहसमा लैजाने र पार्टीको संगाठन सुदृढिकरण र विस्तार अभियानलाई सञ्चालन गर्न आगामी जेष्ठ मशान्त सम्मका लागि जिल्लाको जनशक्तिलाई दुई टिममा विन्यास गरि अभियान सञ्चालन गर्ने ।

३. एकीकृत जनक्रान्तिको अभियानमा भोजपुर जिल्लाबाट दुई जना कमरेडहरुले शहादत प्राप्त गरेको, हाल सम्म पनि क. बम विष्ट, क. रोहित ढकाल, क. मनिराम राई, क. विकास राई लगायत ११ जना कमरेडहरु देशका विभिन्न जेलहरुमा बन्दि रहनुभएको अवस्थामा आसन्न स्थानिय निर्वाचनमा स्वतन्त्र, राष्ट्रवादी , स्वच्छ छवि भएका उमेद्धारहरु बाहेकलाई सहयोग र स्थानिय निर्वाचनमा समर्थन गर्न नसकिने भएकाले भण्डाफोर अभियान सञ्चालन गर्ने र संघर्षलाई घनिभुत बनाउने ।

४. एमसिसि र अरुण तेस्रोको पोलिङ, मुअब्जा र अधिकरण गरिएको जग्गाको स्वामित्वको विषयलाई राष्ट्रियता र जनजिविकाको विषयमा जोडेर संघर्ष गर्ने ।

५. भ्रष्टचारी , राष्ट्रघाति, जनघाति, सामाजिक अपराधि, कोलोबजारी, मिटर व्याजि र कृतिम अभाव सृजना गर्नेका विरुद्ध जनपरिचालन सहित जनकारवाहि गर्ने ।

६. संसदिय व्यवस्थाको विरुद्धमा भण्डाफोर अभियानलाई व्यापक रुपमा टोल–टोल सम्म सञ्चालन गर्ने ।

७. समग्र जिल्ला पार्टीलाई आत्मनिर्भर बनाउनका लागि जिल्लाको दुई ठाउँमा शुरु गरिएको १०/१० रोपनिको कृषि उत्पादनलाई व्यवस्थित बनाउने ।

क्रान्तिकारि अभिवादन सहित !

तिलक गुरुङ्ग

सेक्रेटरी
नेपाल कम्युनिष्ट पार्टी , भोजपुर”

अन्य पोष्टहरु

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

शेयर गर्नुहोस घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नं ८ स्थित पात्लेपानी स्वास्थ्य चौकीमा स्वयंसेविका छनौटको…
चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…