उपाधिका लागि रामप्रसाद र आमचोक गाउँपालिकाका महिला भलिबल टिम भिड्दै

शेयर गर्नुहोस

भोजपुर । भोजपुरको हतुवागढी-१ घोडेटार स्थित जारी अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधिका लागि महिला तर्फ राम प्रसाद र आमचोक गाउँपालिका भिड्ने भएका छन् ।

आज (शुक्रबार) सम्पन्न सेमिफाइनल खेलमा हतुवागढी महिला भलिबल टिमलाई हराउँदै आमचोक महिला भलिबल टिम फाइनल प्रवेश गरेको हो ।

त्यस्तै पाँचखपन नगरपालिका संखुवासभाका खेलाडीलाई पराजित गर्दै राम प्रसाद राई गाउँपालिका भोजपुर पनि फाइनल प्रवेश गरेको हो । भोलि हुने फाइनल खेलमा उपाधिको लागि यी दुई टिम प्रतिस्पर्धा गर्नेछन् । 

खेल अवधिभर आमचोक महिला भलिबल टिमकी आरुशा तामाङ र रामप्रसाद राई भलिबल टिमकी रुपा राई म्यान अफ द म्याच घोषित भएकी हुन् ।

प्रतियोगिताको पुरुष तर्फ हतुवागढीले आमचोक गाउँपालिकालाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । उक्त खेल अवधिभर हतुवागढी भलिबल टिमका खेलाडी अनिस राई म्यान अफ द म्याच घोषित भएका छन् ।

त्यस्तै रामप्रसाद राई गाउँपालिकालाई हराउँदै झापाले समेत फाइनल यात्रा तय गरेको हो । सेमिफाइनलको उक्त खेल अवधिभर झापा भलिबल टिमका रोहित शिवाकोटी म्याद अफ द म्याच घोषित भएका हुन् । 

दुवै तर्फ उपाधिका लागि फाइनल खेल भोलि बिहान ९ बजे देखि हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पुरुष तर्फ विजेताले नगद एक लाख ५० हजार ५ सय ५५ र उपविजेता टिमले एक लाख १ हजार १ सय ११ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यसै गरि महिला तर्फ विजेता टिमलाई ७५ हजार ५ सय ५५ र उपविजेता टिमलाई ५० हजार ५ सय ५५ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । 

प्रतियोगिताको खेल अवधिभर निर्णायकको भुमिकामा नेपाल भलिबल संघ प्रादेशिक रेफ्री नवीन रिजाल, राजु पाठ्क र सरस्वती राई रहेका छन् ।

हतुवागढी गाउँपालिकाको प्रायोजन तथा हतुवागढी खेलकुद विकास समितिको आयोजनामा हुन लागेको उक्त ‘हतुवागढी अन्तर गा.पा./न.पा. पुरुष तथा महिला भलिबल रनिङ शिल्ड प्रतियोगिता २०७८’ समापन साथै पुरस्कार वितरणको कार्यक्रम भोलि (शनिबार) हुनेछ ।

प्रदेश एकका पूर्व मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यता साथै नेपाल खेलकुद महासंघका केन्द्रीय संयोजक एवं प्रदेश एकका खेलकुद सदस्य सचीव परशुराम बस्नेतको विशेष आतिथ्यतामा उक्त प्रतियोगिताको समापन तथा पुरस्कार वितरण हुने आयोजकले जनाएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…