एमाले प्रवेश गर्दै वीरगञ्जका मेयर सरावगीले भने जातिवादको राजनीतिले राष्ट्रिय पार्टी हुन सकिदैन

शेयर गर्नुहोस

काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

शनिबार वीरगञ्जमा आयोजित कार्यक्रममा उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

एमाले प्रवेश गर्दै उनले जनता समाजवादी पार्टीले अहिले पनि जातिवादकै राजनीति गरिरहेको उल्लेख गरे ।

जातिवादको राजनीति गरेर राष्ट्रिय पार्टी हुन नसकिने उल्लेख गर्दै सरावगीले राष्ट्रिय पार्टी भनेको हाम्रो एमाले पार्टी नै हुन सक्ने दाबी समेत गरे ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित सरावगी एमाले प्रवेश गर्नुअघिसम्म जनता समाजवादी पार्टीका नेता थिए ।

नेपाली कांग्रेसमा प्रवेश गर्ने तयारीमा रहेका मेयर सरावगी अन्तिममा एमाले प्रवेश गरेका हुन् । उनले पूर्वमन्त्री मोती दुगडले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गराइदिएपछि एमाले प्रवेश गरेको पनि खुलाएका  छन् ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…