भोजपुरमा सुदन किरातीमाथि गम्भिर आरोप :आफ्ना सुन्डमुसुन्ड र नागरिकता बेचुवा प्रयोग गरी गुटबन्दी गरे
- राजनीतिसमाचार
- January 17, 2025

भोजपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भोजपुरमा चरम गुटबन्दी भएको भन्दै नेताहरूले विरोध जनाएका छन्। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का कोशी प्रदेश सचिवालय सदस्य एवं भोजपुर जिल्ला सह-इन्चार्ज, बिमल खड्काले सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै पार्टीका केन्द्रीय सदस्य तथा भाइरल सांसद सुदन किरातीले आफू र आफ्ना सुन्डमुसुन्डहरू, नागरिकता बेचुवा समेत प्रयोग गरी गुटबन्दी गर्दै गुट विस्तार गरेकोमा भर्त्सना गरेका हुन्।
अपिलमार्फत खड्काले नेकपा (माओवादी केन्द्र) भोजपुर अहिले संगठनलाई अधिवेशनमार्फत सक्षम, जनप्रिय, व्यवस्थित तथा सामाजिक उत्तरदायित्व बहन गर्ने कमिटीहरू निर्माण गर्न क्रियाशील रहेको उल्लेख गरेका छन्। “पार्टीका तहगत जिम्मेवारी रहेका नेता कार्यकर्ताहरूले कर्तव्यबोध अनिवार्य गर्नुपर्छ” अनुरोध गर्दै उनले पार्टीका केन्द्रीय सदस्य तथा भाइरल सांसदले गुटबन्दी गर्दै संगठन विरोधी गतिविधि गरेकोमा गम्भीर आपत्ति जनाएका छन्। उनले संगठनविरोधी गतिविधि गर्ने, सत्ता र शक्तिको दुरुपयोग गर्ने, जनसरोकार र विकास निर्माणका काम नगरी स्टनबाजी गर्नेहरूलाई संगठनबाट बहिष्कार गर्नुपर्ने बताएका छन्।
पछिल्लो समय जनार्दन शर्मा निकट रहेका किरातीले जिल्लामा आफूअनुकूल संगठन बनाउने नाममा पुराना नेता कार्यकर्तामाथि ज्याजति गरेको नेताहरूको भनाइ रहेको छ। हाल पार्टीको जिल्ला इन्चार्ज केन्द्रीय सदस्य नगेन्द्र राई भए पनि केन्द्रीय सदस्य तथा भाइरल सांसद सुदन किरातीले हस्तक्षेप गरेर काम गर्न नदिएको एक नेताले बताएका छन्। जिल्ला अध्यक्ष शैलेन्द्र भुजेलले सुदन किरातीको मात्र कुरा सुनेर बैठक बोलाउने र एकलौटी निर्णय लिन खोजेपछि विरोध गरिएको ती नेताको भनाइ छ।

https://www.facebook.com/photo?fbid=3501535966646802&set=a.149973115136454