माघ १६ देखि हतुवागढीको सिन्द्राङमा साविक वडास्तरीय भलिबल प्रतियोगिता

शेयर गर्नुहोस

घोडेटार । किरात थुलुङ संस्कृति सामा हतुवागढीको आयोजनामा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

माघ १६ गते देखि भोजपुरको हतुवागढी गाउँपालिका ३ थुलुङ गाउँस्थित संस्थाको नवनिर्मित खेल मैदानमा उक्त प्रतियोगिता हुन लागेको हो ।

हतुवागढी ३ तथा अन्य वडाहरुमा दिवंगतहरुको सम्झनामा हुन लागेको उक्त प्रतियोगितामा जुनसुकै गाउँपालिका वा नगरपालिका अन्तर्गतका साविक वडाहरुबाट पुरुष खेलाडीहरुले सहभागी हुन पाउने आयोजकले जनाएको छ ।

नक आउट चरणमा हुने प्रतियोगितामा उपाधी विजेता टिमले रु. ७५ हजार र उपविजेता टिमले रु. ३५ हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सेमिफाइनलमा पुग्ने टिमले स्वान्त्वना पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी खेलाडी सम्बन्धित साविक वडाको हुनु पर्ने तथा सहभागिताको लागि माघ १५ गते बेलुका ५ बजे सम्म खेलाडी समूह दर्ता गरिसक्नुपर्ने जारी सुचनामा उल्लेख छ ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…