आज होम्ताङ साकेन्वा मेलाको पाँचौ दिन, गायिका लिला राई आउदै

शेयर गर्नुहोस

घोेडेटार । भोजपुरको हतुवागढी गाउँपालिका ५ होम्ताङ स्थित ‘साकेन्वा सिली मेला २०८०’ को आज पाँचौ दिन भएको छ ।

साकेन्वा संरक्षण तथा पुजा समितीको आयोजनामा मंसिर ३ देखि ११ गते सम्म सञ्चालित मेलामा बिहीबार (आज) पुर्वेली लोक गीतका चर्चित गायिका लिला राईको प्रस्तुति रहने आयोजक समितिले जनाएको छ ।

हतुवागढी होम्ताङमा जन्मिएर पुर्वेली भाका र राई बान्तावा भाषाका गितहरुमा आवाज दिएकी गायिका लिलाको ‘धरान धनकुटा भेडेटार’ गित निकै चर्चामा रहेको छ । त्यस्तै उनको स्वर रहेको ‘छलल छल्छली’, ‘बुङ्वा बारा बुङ्वाखाडा’, ‘सुम्निमा पारुहाङ’ ‘किराती भेषमा’ लगायतको गीतहरु रहेका छन् ।

उक्त मेलामा खेलकुद प्रतियोगिता, साकेन्वा सिली प्रतियागिता साथै विभिन्न प्रदर्शनी र प्रत्येक साँझ आमन्त्रित एवं स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने मेला प्रचार प्रसार समितिले जनाएको छ ।

संस्कृति संरक्षण र संवर्द्वन तथा कृषि, पर्यटन, व्यापारको विकासको लागि मेला आयोजना गरिएको हो । उक्त मेलामा स्थानीय उत्पादन प्रदर्शनको लागि स्टलको व्यवस्था छ ।

हतुवागढी गाउँपालिका वडा नं. ५ र ६ को संयुक्त प्रायोजन र साकेन्वा संरक्षण तथा पुजा समिति हतुवागढी ५ द्धारा आयोजित साकेन्वा सिली मेलाको अवसरमा उक्त प्रतियोगिता हुने भएको हो ।

आज नै हतुवागढी ५ र ६ वडा अन्तर्गतको टोल विकास समिति स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको फाइनल खेल सञ्चालन हुने छन् । त्यस्तै आज देखि खुल्ला वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु हुने भएको छ ।

खुल्ला रुपमा जुनसुकै गाउँपालिका तथा नगरपालिका अन्तर्गतका सम्बधित वडाबाट पुरुष तथा महिला खेलाडीले खेल्न पाउने प्रतियोगितामा पुरुष तर्फ विजेता समूहले रु. ७५ हजार र उपविजेता समूहले रु. ३५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्राप्त गर्नेछन् । साथै सेमिफाइनल पुग्न सफल दुई टिमलाई नगद रु. ५ हजार सान्त्वना पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तै, महिला भलिबल प्रतियोगिता तर्फ विजेता समूहले रु. ३५ हजार र उपविजेता समूहले रु. २० हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्राप्त गर्ने छन् भने सेमिफाइनल खेल्ने दुई टिमलाई नगद रु। २५ सय र साथमा प्रमाण पत्र सान्त्वना स्वरुप प्रदान गरिने आयोजकले जनाएको छ ।

मंसिर ३ गतेदेखि ११ गतेसम्म मेला अवधीभर प्रत्येक साँझ आमन्त्रित एवं स्थानीय कलाकारको गायन, नृत्य प्रस्तुती रहने आयोजकले जनाएको छ । रोटे पिङ, लिङ्गे पिङ साथै स्थानीय उत्पादनको प्रदर्शन तथा बिक्री वितरण मेलाको प्रमुख आकर्षण रहने छ ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…