जनता क्याम्पसमा भएको कविता प्रतियोगितामा अन्जना पोखरेल प्रथम, दिपा बनिन् पब्लिक च्वाइस अवार्ड विजेता

शेयर गर्नुहोस

इटहरी । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) जनता बहुमुखी क्याम्पसद्वारा आयोजित कविता प्रतियोगिता सम्पन्न भएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा स्ववियुले खुल्ला कविता प्रतियोगिता आयोजना गरेको हो ।

जनता बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसीको प्रमुख आतिथ्यतामा ब्यानर वाचन गरि कार्यक्रमको उद्घाटन गरिएको हो । क्याम्पसको सभाहलमा आयोजित उक्त कार्यक्रम प्रतियोगिताका लागि प्राप्त कविता मध्ये उत्कृष्ट १५ कविता छनोट गरि प्रतिस्पर्धाका लागि वाचन गराइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी केसीले साहित्यको माध्यमबाट कविता लेखेर जनचेतना फैलाउन सकिने भएकाले नेपाली भाषा साहित्यको संरक्षणका लागि क्याम्पसमा साहित्यिक गतिविधिलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रतियोगिताबाट उत्कृष्ट १५ मध्ये अन्जना पोखरेल ‘धार्मिक सहिष्णुता कायम राखौं’ प्रथम भएकी हुन् । ‘नेपाल आमाको गुनासो सहिद सँग’ शीर्षकको कविता वाचन गर्दै दिपा लुइँटेल द्वितीय, ‘म र मेरो पिता’ शीर्षकको कविता वाचन गर्दै प्रकाश चौलागाईं तृतीय र ‘रजस्वला’ शीर्षकको कविता वाचन गर्दै सिर्जना कार्की सान्त्वना भएकी हुन् । त्यस्तै स्ववियुको अफिसियल फेसबुक पेजमा प्रकाशित भिडियोमा सर्वाधिक लाइक प्राप्त गर्ने दिपा लुइँटेललाई Public choice award को उपाधी प्रदान गरिएको थियो ।
उक्त प्रतियोगितामा जनता बहुमुखी क्याम्पस नेपाली भाषा विभाग प्रमुख मदनराज बराल, उप-प्राध्यापक कवि टीका आत्रेय र प्राध्यापक रामचन्द्र भट्टराई निर्णायकको भूमिकामा रहेका थिए ।

स्ववियुले उक्त कार्यक्रमकाबीच कवि टीका आत्रेय र छविना मगरलाई सम्मान गरेको छ ।
कवि टीका आत्रेय जनता बहुमुखी क्याम्पसका उप-प्राध्यापक हुन् । नेपाल प्रज्ञाप्रतिष्ठानको ६५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कविता प्रतियोगिता २०७९ को विजेता आत्रेय र नेपालकै चर्चित रियालिटी शो द पोइट आइडलको उत्कृष्ट १२ मा पुग्न सफल छविनालाई सम्मान गरिएको हो ।

साहित्य लेखनमा निरन्तर साधना गर्दै नेपाली भाषा साहित्यको माध्यमबाट यस क्षेत्रलाई परिचित गराउन सफल भएको भनी सम्मान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा सम्मानित कवि टीका आत्रेय र कवि छविना मगर साथै क्याम्पसका पूर्व विद्यार्थी एवं कवि युवराज काफ्लेले अतिथी कविका रुपमा कविता वाचन गरेका थिए ।

स्वतन्त्र विद्यार्थी युनियन जनता बहुमुखी क्याम्पस अध्यक्ष सहदेव काफ्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पसका प्राध्यापक, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…