सुत्केरी आमाहरुलाई वडाध्यक्ष थापाको आर्थिक सहयोग

शेयर गर्नुहोस

साउन ६, पात्लेपानी । स्वास्थ केन्द्रमा प्रसूति गराउने महिलालाई वडाध्यक्ष प्रेम बहादुर थापाले आर्थिक सहयोग प्रदान गरेका छन् ।

भोजपुरको हतुवागढी गाउँपालिका -८ का वडाध्यक्ष थापाले स्वास्थ्य केन्द्रमा प्रसूती गराएका सुत्केरी आमाहरुलाई प्रोत्साहन स्वरुप प्रतिव्यक्ति नगद रु दुई हजार आर्थिक सहयोग प्रदान गरेका हुन् ।

आफू निर्वाचित भए लगत्तै स्वास्थ्य केन्द्रमा प्रसूति गराएका महिलालाई व्यक्तिगत आर्थिक सहयोग गर्ने घोषणा गरेका वडाध्यक्ष थापाले यस आर्थिक वर्ष २०७९/०८० मा स्वास्थ केन्द्रमा प्रसूति गराएका २० जना महिलालाई जम्मा ४० हजार नगद शुक्रबार प्रदान गरेका हुन् ।

वडाध्यक्ष थापाले गतवर्ष पनि हतुवागढी-८ स्थित पात्लेपानी स्वास्थ्य केन्द्रमा प्रसूति गराएका पाँच महिलालाई दुई हजारको दरले आर्थिक सहयोग प्रदान गरेका थिए ।

गर्भवती महिलालाई सुरक्षाको निमित्त स्वास्थ्य केन्द्रमा प्रसूति गराउन प्रेरित गर्न साथै सुत्केरी महिलाहरुलाई पौष्टिक आहाराको लागि व्यक्तिगत रुपमा आर्थिक सहयोग प्रदान गरेको वडाध्यक्ष थापाले बताए ।

उनले स्वास्थ्य केन्द्रमा आएर प्रसूती गराउने वडा नं.-८ का सबै सुत्केरी महिलाहरुलाई प्रति व्यक्ति दुई हजारका दरले आफ्नो ५ वर्षे कार्यकाल भरी निरन्तर वितरण गर्ने घोषणा गरेका हुन् ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…