कोशी प्रदेश खारेजको माग गर्दै पहिचान पक्षधरको शक्ति प्रदर्शन: मुख्यमन्त्री र प्रदेशसभामुखको पुत्ला दहन

शेयर गर्नुहोस

विराटनगर । कोशी प्रदेश खारेज गरी पहिचानसहितको नामकरण गरिनुपर्ने माग राख्दै विराटनगरमा पहिचानवादी संघसंस्थाहरु आन्दोलनमा उत्रिएका छन् ।

शुक्रबार विराटनगर १३ रोडशेष स्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडी विरोध प्रर्दशन गरेका उनीहरुले मुख्यमन्त्री हिक्मत कार्की र प्रदेश सभामुखको पुत्ला दहन गरेका हुन् ।

संघीय लिम्बुवान मञ्च, किरात राई यायोक्खा र किरात याक्थुम चुम्लुङको संयुक्त विरोध प्रदर्शनमा कोशी प्रदेश खारेजी गरिनुपर्ने र पहिचानको आधारमा लिम्बुवान– किरात प्रदेश नामकरण गरिनुपर्ने माग गरिएको थियो । पहिचानवादी एक हौं, मुख्यमन्त्री हिक्मतकुमार कार्की मुर्दावाद , कोशी प्रदेश मान्दैनौं लगायतका नारा सहित प्रदर्शनमा उत्रिएका उनीहरुले प्रदेश १ को नामकरण पहिचानसहितको नराखे देशभरी आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन् ।

१७ फागुनमा प्रदेशसभाबाट बहुमतले प्रदेश १ को नामकरण कोशी प्रदेश घोषणा भएपछि पहिचानबादी संघसंस्थाहरु लिम्बुवान, किरात संयुक्त संघर्ष समितिले विरोध प्रर्दशन गर्दै आएका छन् । उनीहरुले नामकरण राख्ने दिन बुधबार पनि विराटनगरको देवकोटा चोकमा प्रदर्शन गरेका थिए ।

पछिल्लो समय पहिचान पक्षधरले आन्दोलनलाई शसक्त बनाउँदै लगेको छ । विभिन्न जिल्लामा सांसदलाई प्रवेश रोक लगाउनको साथै थप आन्दोलन चर्काउन तयारी समेत थालिएको छ ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…