संघ र प्रदेशसभा उम्मेदवारको लागि नेपाली कांग्रेस भोजपुरबाट ३५ जनाको नाम सिफारिस

शेयर गर्नुहोस

१७ भाद्र, भोजपुर । नेपाली कांग्रेस भोजपुरले आगामी ४ मङ्सिरमा हुने निर्वाचनका लागि ३५ जनाको नाम सिफारिस गरेको छ ।

बिहीबार पार्टी कार्यलय भोजपुरमा पत्रकार सम्मेलन गर्दै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि ३५ जनाको नाम प्रदेश समितिमा सिफारिस गरिएको जनाएको हो ।

नेपाली कांग्रेस भोजपुरले गठबन्धन दलमा सिटका विषयमा टुंगो लागिनसके पनि प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक उम्मेदवारको नामावली प्रदेश समितिमा पठाएको हो ।

भोजपुरमा प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ भने प्रदेशसभा तर्फ दुईवटा निर्वाचन क्षेत्र रहेको छ ।

भोजपुरमा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि कांग्रेसले उमेश जंग रायमाझी, विनोद बान्तवा र शिव खत्रीको नाम सिफारिस गरेको छ ।

यस्तै समानुपातिकतर्फ सिफारिस हुनेमा धर्मराज राई, नन्दमणि राई, बालकृष्ण थापा, माया राई र शिशिरा राईको नाम गरेको छ ।

प्रदेश ‘क’ तर्फको प्रत्यक्षतर्फ उत्तमकुमार चापागाईँ, गजेन्द्रबहादुर कार्की, बाबुराम बस्नेत र हेमन्त मुकारुङ राईको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ आङबाबु शेर्पा, टंकबहादुर पाण्डे, बालकृष्ण राई, वीरबल राई, राजेन्द्र राई र रोहित विकको नाम प्रदेश समितिलाई सिफारिस गरिएको छ ।

यस्तै प्रदेश ‘ख’ तर्फको प्रत्यक्षतर्फ गोविन्दबहादुर कार्की, दिनेश कार्की, सूर्यप्रसाद राई, मदनबहादुर खुलाल, नारायणबहादुर राउत, अमृत राई, गणेश राई, दिनेश घिमिरे र महेश बस्नेतको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ धीरेन्द्रकुमार श्रेष्ठ, विश्वनाथ पराजुली, निरकुमार विश्वकर्मा, सितारा राई, निर्मला खड्का, शुभचन्द्र राई, पार्वती श्रेष्ठ र राजन खतिवडाको नाम पठाइएको छ ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…