हतुवागढी ९ बाट चोरीको मोटरसाइकल पक्राउ गरि सम्बन्धित धनीलाई बुझाइयो

शेयर गर्नुहोस

१५ भाद्र, घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका ९ बार्ताङबाट चोरीको मोटरसाइकल पक्राउ गरि सम्बन्धित धनीलाई बुझाइएको छ ।

सोमबार प्रहरी चौकी हसनपुरका प्रहरी सहायक निरीक्षक कमल श्रेष्ठको नेतृत्वमा चेक जाँच गर्ने क्रममा प्र.१-०२-०४० प ७१५४ नं.को NS पल्सर मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढ्दो रहेकाले कडाइका साथ चेकजाँचको कार्य जारी रहेको प्रहरी चौकी हसनपुरले जनाएको छ ।

मोटरसाइकलमा सवार रहेका दुई व्यक्ती फरार भए पछि उक्त मोटरसाइकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यलय घोडेटारलाई बुझाइएको प्रहरी सहायक निरीक्षक कमल श्रेष्ठले जानकारी दिए ।

आवश्यक अनुसन्धान पश्चात मोटरसाइकल सम्बन्धित धनी सुनसरीको धरान -१८ रत्नचोक बस्ने प्रवीण राईलाई इलाका प्रहरी कार्यलय घोडेटारमा बोलाइ कार्यालयका प्रमुख प्र .नि. धन बहादुर राजवंशीले मंगलबार (हिजो) हस्तान्तरण गरेका हुन् ।

उक्त मोटरसाइकल केही दिन अगाडि विपि स्वास्थ्य प्रतिष्ठान, धरान बाट हराएको थियो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…