किराया अध्यक्ष दिवस राईलाई बेलायत स्थित किरात हाउस ग्याम्बल्स लेनमा प्रवेश निषेध
- समाचार
- May 13, 2022
बेलायत। किरात राई यायोक्खा बेलायतले एक प्रेस विग्यप्ति सार्बजनिक गर्दै किरात राई यायोख्खा नेपालका केन्द्रीय अध्यक्ष दिवस राईलाई बेलायत स्थित किरात हाउस ग्याम्बल्स लेनमा प्रवेश निषेध गरिएको जनाएको छ ।
किरात राई यायोक्खा बेलायतको अध्यक्ष चन्द्र बहादुर राई र महासचिव चन्द्रवति राई द्वारा हस्ताक्षरित उक्त विग्यप्तिमा भनिएको छ ।
बेलायतमा रहेका किरात राईहरुको साँस्कृतिक संरक्षण तथा विकास, परस्पर सहयोग र सद्भाव एवं किरात राईहरुको एकता र अक्षुण्णताको लागि सन् २००४ मा स्थापना भएको किरात राई यायोक्खा बेलायतले समयको बहावसँग विभिन्न संघर्षशिल चरणहरु पार गर्दै अगाडि बढ्नेक्रममा बहुभाषिक किरात राईहरुको मन, भावना जित्दै लग्यो, बेलायतका राईहरु यायोक्खाको झण्डमुनि संगठीत हुँदै गए फलस्वरुप विश्वभरीमै पहिलो पल्ट किरात राई यायोक्खा बेलायतले बेलायतको ग्याम्बललेनमा आफ्नै नीजी जगा खरिद गरेर राईहरुको नमूना चूला स्थापना गर्न सफल भयो ।
यो बेलायतको मात्र नभएर संसारभरीकै किरात राईहरुको खुशी र गर्बको कुरा थियो । किरात राई यायोक्खा केन्द्रीय समिति बेलायतको नेतृत्व हस्तान्तरण हुँदैजाँदा अध्यक्ष कल्पना राईको कार्यकालमा यायोक्खा बेलायतमा केही साँस्कृति, केही बैधानिक र केही व्यक्तिगत असमझदारीहरु बढेपछि संस्थामा विवाद सिर्जना भयो । जिवन्त संस्थामा यस्ता समस्याहरु, विवादहरु सिर्जना हुनु स्वभाविकै हो । संस्थामा विवाद सिर्जना भएपछि अध्यक्ष कल्पना राई र बरिष्ठ उपाध्यक्ष चन्द्र बहादुर राईको पक्षमा अन्य पदाधिकारी र सदस्यहरु पनि विभाजन हुन पुगे । मेलमिलाप र मिलनबिन्दुको खोजी भएरहेकै थियो ।
बेलायतमा क्रियाशिल अन्य राईहरुको शुभचिन्तक एवं अभिभावक व्यक्तित्वहरु पनि यी विभाजित दुईवटै समितिलाई एक बनाउने हर प्रयासमा लगिरहेकै थिए । किराया बेलायतले अभिभावक ठानेको किराया नेपाललाई पनि दुबै पक्षले बेलायतको यो समस्या बारे जानकारी गराईएकै थियो। सम्बादहरु निरन्तर बढीरहेकै थियो तर मिलन बिन्दुमा पुग्न नपाउदै किरात राई यायोक्खा नेपालले अध्यक्ष कल्पना राईको पक्षलाई बैधानिक र बरिष्ठ उपाध्यक्ष चन्द्र बहादुर राईको पक्षलाई अबैधानिक घोषणा गरेर पत्रचार गरेपछि किराया बेलायतको समस्यमामा झन् ठूलो खाडल खनियो र मिल्नै नसक्ने गरि विभाजनको रेखा कोरिदियो । किराया नेपालको अध्यक्ष दिवस राईको किराया बेलायतको अध्यक्ष कल्पना राई र बरिष्ठ उपाध्यक्ष चन्द्रबहादुर राईलाई हेर्ने दृष्टिकोण, बुझ्ने क्षमता कस्तो थियो, उनले यायोक्खा बेलायतको वास्तविक समस्याको चुरो कारण, बेलायतको राईहरुको भावना कति बुझेर संस्थामा यो निर्णय गराए र बेलायतका आफ्ना सन्तानहरुलाई बैध र अबैध भनेर छुटाएर अन्याय गरे इतिहासले एक दिन मुल्याँकन गर्ने नै छ ।
किराया नेपालले किराया बेलायतलाई बैधानिक र अबैधानिक भनेर बिभाजन गरेपछि पनि बिभाजित दुई समितिहरुबिच मिलन बिन्दुको खोजी कायमै रहेको थियो दुबै पक्षका वार्ताटोलीहरु बिच सम्बाद छलफल बैठकहरु भईरहेकै थिए तर महाधिबेशन समय आईपुगेकोले संस्थाको विधान अनुसार दुबै पक्षले आफ्नो केन्द्रीय महाधिवेशनहरु गर्नै पर्ने बाध्यता आयो नगरेमा स्वत बेलायतको किरायाको बिधान अनुसार अधिवेसन नगर्ने समिति बेलायतका किरात राईहरुको लागि अबैध ठहरिने हुनाले पनि डिसेम्बर ४ सन् २०२१ मा चन्द्र बहादुर राई पक्षले र ११ डिसेम्बर २०२१ मा कल्पना पक्षले आ–आफ्ना केन्द्रीय महाधिवेशन सम्पन्न गरे र आफ्नो केन्द्रीय कार्य समितिलाई बैधानिक बनाएका छन् । किरात राई यायोक्खा किरात राईहरुलाई संगठीत गर्न, बहुभाषी राईहरु बिच एकताको भावना जगाउन र किरात राईहरुको भाषा, धर्म, संस्कार, संस्कृति, परम्परा, इतिहास बचाउनलाई स्थापना भएको एउटा साझा चौतारी हो । घर हो । यायोक्खा साध्य होइन साधन मात्र हो । बेलायतमा सृजना हुने, आईपर्ने राईहरुको समस्या दुखपीडाको समाधान नेपालका राईहरुले यहाँ आएर गर्नसक्नु हुन्न यहीकै राईहरुबाट हुने हो तर किरात राई यायोक्खा केन्द्रीय कार्य समितिका अध्यक्ष दिवस राईले बेलायतका राईहरुलाई कसरी मिलाउने, मिलन बिन्दु के हुन सक्छ खोज्ने भन्दा एक पक्षलाई उचाल्ने, आशिर्वाद दिने, भड्काउने काममा नै सधै लागि रहनुभएको प्रमाणको रुपमा सन् २०२२ को साकेला उभौलीको विशेष गरी बेलायतको किरायाको एक पक्षिय कार्यक्रमलाई विग्यापन गरी शुभकामना प्रवाह गर्नुभएको सन्देश बाट नै प्रष्ट हुन्छ ।
उपाध्यक्ष तथा वार्ता समिति संयोजक मेजर दिल राईले अहिले बेलायतमा कल्पना राई पक्ष र चन्द्र बहादुर राई पक्षले आ–आफ्नो केन्द्रीय महाधिवेशन गरिसकेपछि आएका नयाँ कार्य समितिले फेरी एकताको वातावरण बनाउने मिलन बिन्दु खोज्ने र फेरी किरात राई यायोक्खालाई पहिले जस्तो संगठीत, सग्लो, बलियो र शक्तिशाली बनाउने प्रयासको थालनी गरिसकेका बताउदै यो जो हार्दा पनि किरात राईहरुले नै हार्ने र जस्ले जित्दा पनि किरात राईहरुले नै जित्ने लडाई भएकोले दुबै पक्षले जित्ने लडाईमा बेलायतका किरात राईहरु छन् यसरी मेलमिलापको वातावरण बन्दै गरेको अवस्थामा अभिभावक संस्थाको अध्यक्ष दिवस राईको अभिव्यक्ति अत्यन्त दुरग्राही, खेदजनक र किराया बेलायतलाई कहिल्यै एकता र संगठीत हुन नदिने खालको रहेको बताएका छन। अर्को उपाध्यक्ष तथा भाषिक संघिय संरचना संयोजक क्याप्टेन सुमनचन्द्र राईले साकेला उभौलीको अवसरमा उहाँको बेलायत भ्रमणको उद्धेश्य बेलायतका किरात राईहरु मिलाउनलाई, एकजुट बनाउनलाई र बिभाजित किराया बेलायतलाई एक बनाउन हुनुपथ्र्यो तर उहाँ कार्यक्रममा अतिथिको रुपमा नभएर यहाँको राईहरुलाई झन् बिभाजित गर्न, बिभाजित किराया बेलायतलाई कहिल्यै मिल्न नदिने खालका कार्यक्रमको स्याडुल नै लिएर आउदै गरेको देखिएको बताउदै यो बेलायतबासी किरात राईहरुको लागि अत्यान्त पीडा र दुखको कुरा हो । अर्को उपाअध्यक्ष निलम राईले बेलायतको किरात राईहरुको एकता अक्षुण्णता मिलाउन र बेलायतको किरात राई यायोक्खाको गरिमा र गौरबलाई फरफराउन अभिभावकको हैसियतले किराया नेपालको झण्डा बोकेर किराया नेपालका अध्यक्ष दिवस राई बेलायत भ्रमण गर्नु हुन्छ भन्ने आसय बिपरित बेलायतका राईहरुको घाउमा अझ नून चुक हाल्न, झगडामा पेट्रोल छर्कनका लागि बेलायतका किरात राईहरुको रगत र पसिनाले खरिद गरेको ग्याम्बलेन स्थित पबित्र भूमिमा उहाँको पाईला परेमा यसको परिणाम दुखद हुने बताउनु भयो। किराया बेलायतले उक्त भ्रमणको प्रतिकार गर्न, विरोधका सबै प्रकृतिमा सामेल हुन साथै आइपर्ने जस्तोसुकै परिस्थितिको सामना गर्न बेलायतबासी सम्पूर्ण किरात राईहरुमा आग्रह समेत गरेको छ्। केन्द्रीय अध्यक्ष दिवस राईले किरात राई यायोख्खा बेलायतको बिबादित अवस्थालाई बेवास्ता गर्दै बेलायत स्थित किरात राई हाउस ग्याम्बल्स लेनमा अवस्थित विवादित चुलालाई सामुहिक चुला भन्दै प्रचार गरिएको प्रती किरात राई यायोक्खा बेलायतले आपति जनाएको हो । ३ मे का दिन सिलिचुङ अनलाइन टिभीमा अपलोड गरि विभिन्न माध्यमबाट सार्वजनिक अध्यक्ष राईको उक्त अभिव्यक्तिले किराया बेलायतले २१ मेइ मा आयोजना गर्न लागेको साकेलालाई समेत प्रभावित पारेको जारी विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष राईको १६ मेइमा बेलायत स्थित किरात हाउस ग्याम्बल्स लेनको भ्रमण रहेको छ ।
संस्थाको विगतको विवाद सच्याउँदै मेलमिलाप गराउन केन्द्रीत हुनुपर्नेमा उक्त भ्रमण तालिका संस्था विभाजनको खाडल गहिर्याउने स्पष्ट रहेको जारी विज्ञप्तिमा उल्लेख गर्दै अध्यक्ष चन्द्र बहादुर राइले अर्को पक्षले दिवस राईको उपस्थितिमा १६ मे मा गर्ने भनिएको सामुहिक चुला उदघाटन रोक्न चेतावनि दिएको छ्। जुन विषयले मिलेर बसेको राई समुदाय बिच बिभाजन गरायो आज त्यहि बिषयलाई लिएर अझै समुदाय बिचको भातृत्व र परस्पर सम्बन्धलाई थप गिजोल्ने गरि रचिएको षडयन्त्रको सबैले बिरोध गर्ने समेत अध्यक्ष राईले बताएका छन्। बेलायत बासि सम्पुर्ण किरात राईहरुको रगत र पसिनाले सिन्चिएर खरिद र निर्माण गरिएको उक्त किरात हाउसमा यस्तो बिबादित र समुदायको आच आउने कार्यक्रम तुरुन्त रोक्न सचेत गराउदै जबरजस्ति गरे यस्को परिणाम राम्रो नहुने महासचिव चन्द्रवति राईले बताएको छ्।जबरजस्ति गरे दुर्घटना हुने चेतावनि दिदै यदि यो हर्कतले कुनै दुर्घटना भएमा बनिबनाउ र रचित षडयन्त्रको नायक दिवस राई र अर्को पक्ष हुने किरात राई यायोक्खा बेलायतले जनाएको छ्।