टेम्केमैयुङ मूर्ती खरिद प्रकरण: भुक्तानीको सिफारिस पत्रमा उपाध्यक्ष राईकै हस्ताक्षर

शेयर गर्नुहोस

भोजपुर, २३ बैशाख । चुनावी सभामा तत्कालिन टेम्केमैयु गाउँपालिका उपाध्यक्ष इन्द्रवती राईले मूर्ती खरिदको विषयमा भ्रमपूर्ण अभिव्यक्ती दिएको खुलासा भएको छ ।
विना आधार राईले मूर्ती खरिदमा अनिमियता भएको विषयमा गलत अभिब्यक्ती दिएको टेम्केमैयुङ गाउँपालिकोले जनाएको छ । कार्यालयको लेखा शाखाले इन्द्रवती राईको सिफारिसमा सुम्निमा, पारुहाङ र एलम्बरको तीन ओटा मूर्तीको भ्याट तथा अन्यकर कटाएर ३२ लाख भुक्तानी दिएको जनाएको छ ।
प्राविधिक, ढुवानी, अध्यायन अन्वेशन लगाएत खर्चसमेत यहि रकममा समेटिएको कार्यालयको भनाइ छ । केन्द्र सरकारको पर्यटन विकास पूर्वाधार कार्यक्रम मार्फत आएको ५० लाख बजेटमध्ये बील बराबरको रकम भुक्तानी भएको बाँकी रकम फिर्ता गएको कार्यालयले जनाएको छ ।
यस सम्बन्धि इनागारिकलाई उपलब्ध भएको पत्र अनुसार तत्कालिन उपाध्यक्ष इन्द्रावती राईले मिति २०७७ असार ३० गते भुक्तानीको लागि सिफारिस पत्रमा हस्ताक्षर समेत गरेको देखिन्छ । जुन कुराले यो प्रकरणमा स्वयमः इन्द्रावतीकै संलग्नता रहेको प्रष्ट भएको छ ।
चुनावी माहोल बनाउन राईले मूर्ती खरिदलाई गलत प्रचार गरेको टेम्केमैयुङ गाउँपालिकाका तत्कालिन अध्यक्ष ध्रुवराज राईले बताए । उनले कार्यालय तथा यहाँका जनप्रतिनिधिको व्यक्तिगत स्वाभिमान आँच आउने अभिव्यक्ति दिएकाले उनले प्रमाणित गरेर देखानु पर्ने बताए ।
राईले भने,‘ हाम्रो तत्कालिन उपाध्यक्षले गलत प्रचार गरेको प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । उहाँले नै सम्पूर्ण बील भरपाई तथा अनुगमन गरेर भुक्तानी दिनको लागि सिफारिस गरेपछि मात्र भुक्तानी हुन्छ । उहाँ माथि नै प्रश्न उठेको छ । उहाँले नै कुरा उठाएपछि अब छानविन हुन आवश्यक छ ।यो कुराले उहाँ माथी शंका उब्जिएको छ । जनताले यो बुझ्न आवश्यक छ । कागले आफ्नो नाम आफै काडेको प्रस्ट देखिएको छ ।’

इन्द्रवती राईले चुनावी सभामा बोलेको भएपनि अनिमियता भएको विषयमा आफुसँग कुनै प्रमाण नरहेको बताएकी छिन् । राईले भनिन्,‘ म आफैले सिफारिस गरेको हुनाले मैले धेरै बोल्न मिल्दैन । भुक्तानीको लागि मैले नै हस्ताक्षर गरेकी छु । जनताले बोल्न बाध्य बनाएपछि मैले बोलेकी हुँ । यसको विषयमा मसँग कुनै प्रमाण छैन ।’
उपाध्यक्षकी उम्मेदवार रहेकी राईले एक चुनावी सभामा मूर्तीमा अनिमियतता भएको बताएकी थिइन् । उनले चुनावी सभामा बोल्दा आफूले सात लाख खाए भने अरुले कति खाए भन्ने अभिव्यक्ति दिएकी थिइन् । अहिले उनको यो भनाईको चौतर्फी विरोध भईरहेको छ ।

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…