वडा स्तरीय भलिबल प्रतियोगितामा हतुवागढी–९ हसनपुरको जित

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी– ९ हसनपुर स्थित खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

हतुवागढी ९ खेलकुद विकास समितिको आयोजनामा उक्त प्रतियोगिता चैत २९ गते देखि वैशाख १ गते बिहीबार सम्पन्न गरिएको थियो ।

नयाँ वर्ष २०७९ लक्षित उक्त प्रतियोगिता हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रतियोगितामा भोजपुर, मोरङ र धनकुटाका विभिन्न पालिका अन्तर्गतका १५ समुहको सहभागिता थियो । बिहीबार सम्पन्न साँगरीगढी–५ धनकुटा र हतुवागढी–९ हसनपुरबीभको फाइनल खेलमा ०–३ को सोझो सेटमा जित हासिल गर्दै हसनपुर भलिबल टिम उपाधी विजेता बनेको हो ।

हतुवागढी–९ हसनपुर भलिबल टिम

उपाधी विजेता बनेसँगै हसनपुर भलिबल टिमले नगद ६१ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो । त्यस्तै उपविजेता टिम साँगुरीगढी–५ भलिबल टिमले नगद ४१ हजार, ट्रफी र प्रमाणपत्रमा चित्त बुझाएको हो ।

प्रतियोगितामा तेस्रो विजेता बनेको केराबारी–५ मोरङलाई नगद २५ हजार, ट्रफी र प्रमाणपत्र र चौथो विजेता भोजपुरको आमचोक–८ हैखाराङलाई भलिबल टिमले नगद १५ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

 

हतुवागढी ८ महिला भलिबल टिम

त्यस्तै महिला तर्फको हतुवागढी–८ र ९ वडाबिच खेलाइएको मैत्रीपूर्ण खेलमा हतुवागढी ८ महिला भलिबल टिम विजेता बनेको थियो ।

पुरुष तफर्को खेलबाट वेस्ट सेटर केराबारी–५ का विवेक लिम्बु, वेस्ट स्पाइकर साँगुरीगढी–५ का आतेश मगर, वेस्ट डिफेन्स हतुवागढी– का जिवन राई, वेस्ट ब्लकर साँगरीगढी–५ का राजन विक र वेस्ट प्लेयरमा हतुवागढी–९ का राजकुमार तामाङ घोषित भएका हुन् । प्रतियोगिताको अवधीभर मुख्य निर्णायको भुमिकामा प्रादेशिक रेफ्री दिनेश राई र सहायक निर्णायकमा धर्म राई रहेका थिए ।

कार्यक्रम समारोहमा शुभकामना प्रदान गर्दै प्रमुख अतिथि प्रेम कुमार राईले खेलकुद क्षेत्रमा हतुवागढीको सफलताप्रति हसनपुर भलिबल क्लवको उल्लेखनीय योगदान रहेको उल्लेख गरे । त्यस्तै हतुवागढी –९ का वडाध्यक्ष हेमराज राईले पनि कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए ।

फाइनल खेलको भिडियोः

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…