हतुवागढी भलिबल रनिङ शिल्ड प्रतियोगिता: झापा र हतुवागढी फाइनल प्रवेश

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका-१ घोडेटार स्थित जारी भलिबल प्रतियोगिताको उपाधिका लागि पुरुष तर्फ झापा र हतुवागढी गाउँपालिका भिड्ने भएका छन् ।

आज (शुक्रबार) सम्पन्न सेमिफाइनल खेलमा हतुवागढीले आमचोक गाउँपालिकालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । उक्त खेल अवधिभर हतुवागढी भलिबल टिमका खेलाडी अनिस राई म्यान अफ द म्याच घोषित भएका छन् । 

त्यस्तै रामप्रसाद राई गाउँपालिकालाई हराउँदै झापाले समेत फाइनल यात्रा तय गरेको हो । सेमिफाइनलको उक्त खेल अवधिभर झापा भलिबल टिमका रोहित शिवाकोटी म्याद अफ द म्याच घोषित भएका हुन् ।  महिलातर्फ आमचोक र रामप्रसाद राई गाउँपालिका बीच फाइनल खेल हुनेछ । सेमिफाइनल खेल अवधिभर आमचोक महिला भलिबल टिमकी आरुशा तामाङ र रामप्रसाद राई भलिबल टिमकी रुपा राई म्यान अफ द म्याच घोषित भएकी हुन् ।  

दुवै तर्फ उपाधिका लागि फाइनल खेल भोलि बिहान ९ बजे देखि हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको पुरुष तर्फ विजेताले नगद एक लाख ५० हजार ५ सय ५५ र उपविजेता टिमले एक लाख १ हजार १ सय ११ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

त्यसै गरि महिला तर्फ विजेता टिमलाई ७५ हजार ५ सय ५५ र उपविजेता टिमलाई ५० हजार ५ सय ५५ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । 

 

अन्य पोष्टहरु

चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…
भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । भोजपुर जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ ।…