सात करोड लगानीमा कोशी पुलमा खुल्यो कोशी प्यालेस होटोल

शेयर गर्नुहोस

भोजपुर । सुनसरीको चतरा र उदयपुरको सिमानामा सप्तकोशी नदिमाथि पक्कि पुल बने संगै पर्यटकिय गन्तब्यको रुपमा विकास हुदै गरेको कोशी पुल नजिक होटल कोशी प्यालेस सञ्चालनमा आएको छ ।
आन्तरीक तथा वाह्य पर्यटकलाइ लक्षित गरि सात करोड बढि लगानीमा होटल सञ्चालनमा आएको सञ्चालक सम्पत राईले जानकारि दिनु भयो । नेपालको पुर्वी क्षेत्रलाई जोडने दोस्रो महत्वपुर्ण पुल बनेसंगै पर्यटकको मागलाई ध्यान दिदै होटल सञ्चालनमा ल्याइको हो । अग्रेजी नयाँ वर्ष २०२४ को शु?वात संगै होटल सञ्चालनमा ल्याउन लागिएको हो । उक्त अवशरमा ग्राहकले १० प्रतिशत छुट पाउनेछन ।


स्वदेशी तथा बिदेशी पाहुनालाई लक्षित गरि सञ्चालन गरिएको होटलमा १५ वटा सुबिधा सम्पन्न कोठाहरू रहेका छन् । रेष्टुरेन्ट सेवा सहित सञ्चालनमाा आएको होटलमा नेपाली तथा बिदेशी खानाका परिकार पाईने सञ्चालक सम्पत राईले बताए ।
धरानबाट १८ किमि इटहरीबाट २८ किमि र भेडेटारबाट ३७ किमि दुरी पार गरेपछि पुग्न सकिने होटल कोशि प्यालेस बिराटनगरबाट भने ५३ किलिमिटर दुरि पार गरेपछि पुग्न सकिन्छ । हाेटलले प्रसिद्ध धार्मिक स्थल बराहक्षेत्र आउने तिर्थयात्रुलाई समेत सेवा दिने उदेश्य लिएको छ ।

 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…