भोजपुर रंगशाला निर्माणको काम सम्पन्न नभइ हस्तातरण हुन लागेको भन्दै सरोकारवालाहरुको आपत्ति

शेयर गर्नुहोस

भोजपुर । भोजपुर सदरमुकाममा निर्माण भएको रंगशाला निर्माणको काम सम्पन्न नभइ हस्तातरण हुन लागेको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका छन । जिल्ला स्थित सरोकारवाला निकायहरुले उपस्थितिमा भएको अनुगमनमा कतिपए कामहरु अपुरो भएको पाइएको जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ्गले बताए ।

 

जिल्ला समन्वय समितिको स्वमित्वमा रहेको जग्गामा बनेको रंगशाला निर्माण अपुरै हुदा निर्माण कम्पनिलाइ सम्बन्धित कार्यालय मार्फत ध्यानआकर्षण गराउने प्रमुख कमल थुलुङ्गले बताए । राजनैतिक दलका प्रतिनिधि ,प्रमुख जिल्ला अधिकारी ,शुरक्षा निकाय प्रमुख ,जिल्ला फुटबल संघ प्रतिनिधि र जनप्रतिनिधि सहितको टोलिले रंगशालाको अनुगमन गरेको हो ।

अनुगमनको क्रममा कतिपय निर्माण भएको पुर्वाधार समेत मर्मत गर्नु पर्ने अवस्था रहेको भोजपुर जिल्ला फुटबल संघका महासचिव विनम श्रेष्ठले बताए । तत्कालिन मुख्यमन्त्री शेरधन राईको नेतृत्वको प्रदेश सरकारले वजेट विनियोजन गरि १४ करोड पाँच लाखको लागतमा निर्माण शुरू भएको थियो । केहि समय बजेटको अभावले रोकिएको रंगशालाको काम त्यस पछिका मुख्यमन्त्री राजेन्द्र राईले वजेटलाई निरन्तरता दिदै विनियोजन गरेपछि रङ्गशालाको निर्माण कार्य सम्पन्न भएको थियो ।

रायमाझी मार्सेली निर्माण जेभीले रंगशाला निर्माण गरेको हो । निर्मा कम्पनि जे भिले सम्झौता भए बमोजिम काम सम्पन्न भई सकेको छ र प्राविधिक रूपमा चेकजाच गर्न तयार रहेको बताएको छ । निर्माण व्यवसायी श्याम श्रेष्ठले भने मैले अझै धेरै काम गरेको छु पैसा पाको छैन । पुर्वी पाहाडि जिल्लाको सबैभन्दा ठुलो रंङ्गशालाको रुपमा रहेको भोजपुर रंङ्गशालामा चाडै खेलकुद गतिविधि गर्न संस्थाहरू तयारी भएपनि खेलकुद कार्यक्रम हुन सकेको छैन ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…