भोजपुर रंगशाला निर्माणको काम सम्पन्न नभइ हस्तातरण हुन लागेको भन्दै सरोकारवालाहरुको आपत्ति

शेयर गर्नुहोस

भोजपुर । भोजपुर सदरमुकाममा निर्माण भएको रंगशाला निर्माणको काम सम्पन्न नभइ हस्तातरण हुन लागेको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका छन । जिल्ला स्थित सरोकारवाला निकायहरुले उपस्थितिमा भएको अनुगमनमा कतिपए कामहरु अपुरो भएको पाइएको जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ्गले बताए ।

 

जिल्ला समन्वय समितिको स्वमित्वमा रहेको जग्गामा बनेको रंगशाला निर्माण अपुरै हुदा निर्माण कम्पनिलाइ सम्बन्धित कार्यालय मार्फत ध्यानआकर्षण गराउने प्रमुख कमल थुलुङ्गले बताए । राजनैतिक दलका प्रतिनिधि ,प्रमुख जिल्ला अधिकारी ,शुरक्षा निकाय प्रमुख ,जिल्ला फुटबल संघ प्रतिनिधि र जनप्रतिनिधि सहितको टोलिले रंगशालाको अनुगमन गरेको हो ।

अनुगमनको क्रममा कतिपय निर्माण भएको पुर्वाधार समेत मर्मत गर्नु पर्ने अवस्था रहेको भोजपुर जिल्ला फुटबल संघका महासचिव विनम श्रेष्ठले बताए । तत्कालिन मुख्यमन्त्री शेरधन राईको नेतृत्वको प्रदेश सरकारले वजेट विनियोजन गरि १४ करोड पाँच लाखको लागतमा निर्माण शुरू भएको थियो । केहि समय बजेटको अभावले रोकिएको रंगशालाको काम त्यस पछिका मुख्यमन्त्री राजेन्द्र राईले वजेटलाई निरन्तरता दिदै विनियोजन गरेपछि रङ्गशालाको निर्माण कार्य सम्पन्न भएको थियो ।

रायमाझी मार्सेली निर्माण जेभीले रंगशाला निर्माण गरेको हो । निर्मा कम्पनि जे भिले सम्झौता भए बमोजिम काम सम्पन्न भई सकेको छ र प्राविधिक रूपमा चेकजाच गर्न तयार रहेको बताएको छ । निर्माण व्यवसायी श्याम श्रेष्ठले भने मैले अझै धेरै काम गरेको छु पैसा पाको छैन । पुर्वी पाहाडि जिल्लाको सबैभन्दा ठुलो रंङ्गशालाको रुपमा रहेको भोजपुर रंङ्गशालामा चाडै खेलकुद गतिविधि गर्न संस्थाहरू तयारी भएपनि खेलकुद कार्यक्रम हुन सकेको छैन ।

अन्य पोष्टहरु

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

शेयर गर्नुहोस घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नं ८ स्थित पात्लेपानी स्वास्थ्य चौकीमा स्वयंसेविका छनौटको…
चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…