हतुवागढीका अतिविपन्न १०६ परिवारलाई जस्ताको छानो वितरण

शेयर गर्नुहोस

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिकाले अति विपन्न परिवारलाई जस्ता पाताको छानो राख्न सहयोग गरेको छ ।

गाउँपालिकाले आर्थिक अवस्था कमजोर रहेका विपन्न परिवारको पहिचान गरेर गत र यो आर्थिक वर्षमा रु ७० लाख बजेट विनियोजन गरि १०६ परिवारलाई फुसको छानो हटाइ जस्तापाताको छानो फेरिदिएको हो ।

गाउँपालिकाको आफ्नै बजेटमा विपन्न आवास निर्माण कार्यक्रम लागु गरेर गत आर्थिक वर्षमा ४० र यो आर्थिक वर्षमा ६६ गरी एक सय छ परिवारलाई जस्तापाताको छानो वितरण गरिएको बताइएको छ ।

गाउँपालिकाले वडा नं. १ र २ का आठ/आठ घर, वडा नं. ३ मा पाँच घर, वडा नं. ४ मा १२  घर, वडा नं ५ मा आठ घर, वडा नं. ६ मा नौ घर, वडा नं. ७ मा छ घरलाई जस्ताको छानो वितरण गरेको हो । त्यस्तै वडा नं. ८ मा पाँच घर र वडा नं. ९ मा आठ घरलाई फुसको छानो हटाएर जस्तापाताको छानो वितरण गरेको हो । आर्थिक अवस्था कमजोर भएका परिवारलाई राहत दिने लक्ष्यले प्रतिपरिवार परिवारलाई रु ७५ हजार बराबरको जस्ताको छानो सहयोग गरिएको हो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…