ओखलढुङ्गाबाट सवारी चालक अनुमतिपत्र वितरणका लागि अनलाइन आवेदन खुल्ला

शेयर गर्नुहोस

ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका –४ रुम्जाटारमा स्थापना गरिएको रुम्जाटार यातायात कार्यालयबाट सवारीचालक अनुमतिपत्र वितरण हुने भएको छ ।

दुई वर्षअघि स्थापना भएको यातायात व्यवस्था कार्यालय ओखलढुङ्गाबाट सवारी चालक अनुमतिपत्र वितरणका लागि अनलाइन फारम खुला गरिएको हो ।

दुई वर्षदेखि कार्यालयले ड्राइभिङ लाइसेन्स जारी गर्ने बाहेक, सवारी दर्ता, नविकरण, नामसारी, रुट परमिट जारीलगायतको काम गर्दैआएको थियो । ओखलढुङ्गा र आसपासका जिल्लाका नागरिकलाई लक्षित गरेर ओखलढुङ्गाको रुम्जाटारमा यातायात कार्यालय स्थापना भएको थियो ।

यातायातसम्बन्धी कामका लागि यसअघि ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङलगायतका आसपासका नागरिकहरु मधेश प्रदेश र बागमती प्रदेश धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । २०७७ फागुन १४ गतेबाट रुम्जाटारमा स्थापना भएको यातायात कार्यालयले नागरिकलाई सेवा दिन थालेको थियो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…