स्ववियु निर्वाचन लक्षित सवियु प्रदेश एकको दोस्रो बैठक
- राजनीति
- February 10, 2023
इटहरी । समाजवादी विद्यार्थी युनियन (सवियु) प्रदेश १ समितिले दोस्रो बैठक सम्पन्न गरेको छ ।
बुधबार इटहरी स्थित जनता समाजवादी प्रदेश पार्टी कार्यलयमा सम्पन्न बैठकमा आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन लक्षित छलफल गरिएको हो ।
सवियु प्रदेश समितिका कार्यकारी अध्यक्ष अरविन्द कुमार मण्डलको अध्यक्षतामा बसेको बैठकले संगठन विस्तार र आसन्न चैत्र ५ गते हुने स्ववियु निर्वाचन लगायतको विषयमा छलफल गरिएको बताइएको छ ।