मोटरसाइकल पछाडी बस्नेलाई पनि हेल्मेट अनिवार्य गर्ने तयारी

शेयर गर्नुहोस

काठमाडौँ । यातायात र सवारी सुरक्षासँग सम्बन्धित सरोकारवालाहरुले दुई पांग्रे सवारीमा सवार गर्नेहरुलाई पनि हेल्मेट प्रयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिएका छन् ।

मंगलबार उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायाणकाजी श्रेष्ठसँग भएको छलफलमा उनीहरुले सवारी दुर्घटनामा सबैभन्दा बढी जोखिम दुई पांग्रे सवारीमा हुने भएकाले हेल्मेट अपरिहार्य रहेको सुझाव दिएका हुन् ।

ट्राफिक प्रहरी प्रमुख मिरा चौधरी, रोड सेफ्टी अलायन्सका प्रतिनिधिहरुले सुरक्षा सावधानीका लागि यस्तो व्यवस्था गर्नु उपयुक्त हुने सुझाव दिएका थिए । विगतमा यस्तो प्रावधान लागू गर्दा अनावश्यक विवाद भएको उल्लेख गर्दै ट्राफिक प्रहरी प्रमुख चौधरीले यसबारे सबै निकायहरुको एकै धारणा हुनुपर्नेमा जोड दिइन् ।

पूर्व मन्त्री समेत रहेका एमाले सांसद योगेश भट्टराईले यस्तो व्यवस्था गर्नु उपयुक्त हुने भएकाले यो बारे संसद्मा समेत आफूहरुले पहल गर्ने बताएका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले यसबारे केही महिना जनचेतनामूलक गतिविधिहरुलाई तीव्रता दिने र त्यसपछि अनिवार्य गर्नेबारे निर्णयमा पुग्ने प्रतिबद्धता जनाएका छन् ।

यदि ऐन संशोधन भएमा देशभरी नै मोटरसाइकलमा पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्नेछ ।

राष्ट्रिय सडक सुरक्षा परिषद्ले मन्त्रालयमा मंगलबार छलफलका लागि पेस गरेको तथ्यांक अनुसार नेपालमा हुने सवारी दुर्घटनामध्येको ५० प्रतिशत दुर्घटना दुई पांग्रे सवारी रहेको उल्लेख छ । तीमध्ये मोटरसाइकलबाट हुने दुर्घटनाबाट मृत्यु हुने सम्भावना कारभन्दा २० गुणा बढी रहेको परिषद्को तथ्यांकमा छ ।

डा. उपेन्द्र देवकोटाले स्वास्थ्यमन्त्री भएको बेला मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याएका थिए । तर, त्यसले नियमितता पाउन सकेन ।

हेल्टेम लगाएर पछाडि बस्ने व्यक्ति अपराधका घटनामा संलग्न भएको भन्दै यो व्यवस्था हटाइयो । केही वर्ष पहिला पनि ट्राफिक प्रहरीले मोटरसाइकलमा सवार दुवै जनाले हेल्मेट लगाउनुपर्ने बताएको थियो तर, यसले निरन्तरता पाएन ।

 

 

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…