राष्ट्रिय युवा संघ हतुवागढीको अध्यक्षमा विश्वहाङ राई
- समाचार
- January 27, 2023
भोजपुर । राष्ट्रिय युवा संघ नेपाल हतुवागढी गाउँपालिका कमिटीको भेला तथा अधिवेशन सम्पन्न भएको छ ।
शुक्रबार राष्ट्रिय युवा संघ नेपाल, भोजपुरको आयोजनामा हतुवागढी १ घोडेटार स्थित सम्पन्न अधिवेशनबाट विश्वहाङ राईको अध्यक्षतामा ४३ सदस्यीय कमिटी गठन गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेश कमिटी सदस्य तथा जननिर्वाचित हतुवागढी गाउँपालिका अध्यक्ष प्रेम कुमार राईको प्रमुख आतिथ्यतामा उक्त युवा भेला तथा अधिवेशन सम्पन्न गरिएको हो । नवगठित कमिटीको उपाध्यक्ष्मा उद्दिम राई, सचिवमा सुजन राई, उप सचिवमा देवी बि.क., युकेश राई र विनोद बस्नेत निर्वाचित भएका हुन् ।
सिताराम श्रेष्ठको अध्यक्षतमा सम्पन्न अधिवेशनमा ईन्द्र थापा, सजना परियार, प्रकाश बस्नेत, बिचारि थापा लगायतको उपस्थिति रहेको थियोे ।