फागुन ११ गतेबाट केपी ओली कप हुँदै, विजेताले १० लाख पाउने

शेयर गर्नुहोस

 काठमाडौँ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघको आयोजनामा केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप हुने भएको छ ।

शुक्रबार संघले पत्रकार सम्मेलन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा आयोजना हुन लागेको उक्त प्रतियोगिता फागुन ११ गतेबाट सुरु हुने जनाएको हो ।

प्रतियोगितामा प्रथम हुने टोलीले १० लाख तथा दोस्रो हुने टोलीले ५ लाख प्राप्त गर्ने छन् । त्यस्तै प्रत्येक खेलको विजेताले २५ हजार तथा हरेक खेलका उत्कृष्ट खेलाडीले १५ हजार प्राप्त गर्दा उदीयमान खेलाडीले ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
टिम र खेलतालिकाबारे अर्को पत्रकार सम्मेलन गरेर जानकारी दिने आयोजकले जनाएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…