आमा–छोरा झुण्डिएको अवस्थामा मृत फेला

शेयर गर्नुहोस

काठमाडौं । रोल्पामा आमा–छोरा झुण्डिएर आत्महत्या गरेको अवस्थामा मृत फेला परेका छन् ।

रोल्पा नगरपालिका वडा नं ६ घर भएकी ३४ वर्षीया आमा चन्द्राकुमारी दमाई र उनका १५ वर्षीय छोरा मुकेश विक रून्टीगढी गाउँपालिका वडा नं. ७ बलबाङस्थित एक घरमा मृत फेला परेका हुन् ।

बलबाङका स्थानीय सुन्दर चलाउनेको खाली घरभित्र बलोमा एउटै सल काटेर दुई वटैले सोही सलको प्रयोग गरी झुण्डिएर आत्महत्या गरेको भन्ने खुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी टोली पुगेको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले बताए ।

आमा–छोरा एक दिन पहिले मात्रै त्यहाँ आएको स्थानीयले बताएका छन् । उनीहरू काठमाडौंमा इट्टाभट्टामा काम गरी फर्किएको स्थानीयले जानकारी दिएको प्रहरीले बताएको छ ।

अन्य पोष्टहरु

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

नतिजा प्रकाशन पछि परिक्षा रद्ध हुँदा विवादित बन्यो पात्लेपानी स्वास्थ्य चौकीको स्वयंसेविका छनौटको विषय

शेयर गर्नुहोस घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिका वडा नं ८ स्थित पात्लेपानी स्वास्थ्य चौकीमा स्वयंसेविका छनौटको…
चोरीभएको सुन सहित नगद बरामद

चोरीभएको सुन सहित नगद बरामद

शेयर गर्नुहोस भोजपुर । भोजपुर नगरपालिका ५ बोखिममा चोरी भएको नगद र सुन बरामद भएको छ…

त्रिवि दिवसमा भोजपुर क्याम्पसले गर्यो विभिन्न कार्यक्रम

शेयर गर्नुहोस मनोज शंकर भोजपुर । त्रिभुवन विश्वविद्यालयको ६५ ‌औ वार्षिक दिवसको अवशरमा भोजपुर बहुमुखि क्याम्पसले…