आमा–छोरा झुण्डिएको अवस्थामा मृत फेला

शेयर गर्नुहोस

काठमाडौं । रोल्पामा आमा–छोरा झुण्डिएर आत्महत्या गरेको अवस्थामा मृत फेला परेका छन् ।

रोल्पा नगरपालिका वडा नं ६ घर भएकी ३४ वर्षीया आमा चन्द्राकुमारी दमाई र उनका १५ वर्षीय छोरा मुकेश विक रून्टीगढी गाउँपालिका वडा नं. ७ बलबाङस्थित एक घरमा मृत फेला परेका हुन् ।

बलबाङका स्थानीय सुन्दर चलाउनेको खाली घरभित्र बलोमा एउटै सल काटेर दुई वटैले सोही सलको प्रयोग गरी झुण्डिएर आत्महत्या गरेको भन्ने खुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी टोली पुगेको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले बताए ।

आमा–छोरा एक दिन पहिले मात्रै त्यहाँ आएको स्थानीयले बताएका छन् । उनीहरू काठमाडौंमा इट्टाभट्टामा काम गरी फर्किएको स्थानीयले जानकारी दिएको प्रहरीले बताएको छ ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…