आत्मदाहको प्रयास गर्ने प्रेमप्रसादको निधन

शेयर गर्नुहोस

काठमाडौँ । संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।

कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको हो ।

इलाम घर भएका आचार्यले मंगलबार दिउँसो संघीय संसद् भवनअगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । प्रहरीले उद्धार गरी उनलाई अस्पताल पुर्‍याएको थियो ।

अस्पताल पुग्दा आचार्यको ८० प्रतिशत शरीर जलेर क्रिटिकल अवस्था रहेको अस्पतालका डा. किरण नकर्मीले बताए उनले भने, ‘८० प्रतिशत शरीरको हिस्सा जल्नु भनेको एकदमै क्रिटिकल अवस्था हो । उहाँको बिहान ५ बजे निधन भयो ।’

आचार्यलाई भेट्न मङ्गलवार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन् । उनले केही समय आचार्यसँग कुरा पनि गरेकी थिइन् ।

आत्मदाहको प्रयास गर्नुअघि उनले फेसबुकमा ‘स्टाटस पोस्ट’ गरेका थिए । विभिन्न व्यवसाय गर्ने सिलसिलामा सरकार, बैंक, व्यापारी, साहु, नेता तथा कर्मचारीबाट ठगिएको र आफूलाई असफल बनाइएको भन्दै उनले राज्य सञ्चालन प्रणालीमाथि कैयन् प्रश्न उठाएका थिए ।

स्वदेशी सुपरमार्केट तथा विदेशी बहुराष्ट्रिय कम्पनीले नेपाली बजार कब्जा गरेको, उनीहरूले आफ्ना विभिन्न उत्पादन उधारोमा लगेर समयमा पैसा नदिएको, एक वर्षसम्म होल्ड गरेर उल्टै सामान नै फिर्ता गरी धोका दिएको आरोप लगाएका छन् । सामान बजारमा फस्ने तथा पैसा नउठ्ने भएपछि बैंकले ऋण दिन छाडेको र चर्को ब्याजदरमा व्यक्तिसँग लिएको ऋणले गाँजेको वित्तान्त लेखेका छन् । यस्ता कम्पनीहरूलाई नियमन गर्न सरकारसँग उनको माग थियो ।

ट्राभल व्यवसायमा समेत हात हालेका उनले चिनियाँलगायत विदेशी पर्यटक र काठमाडौंका केही कलेजका विद्यार्थीलाई भ्रमणमा लगेबापतको पैसा विभिन्न बहाना गरेर नदिँदा अप्ठ्यारोमा पर्दै गएको पनि बताएका थिए । साना व्यवसायीलाई दोहोरो–तेहोरो कर लगाएर सरकारले मर्कामा पारेको आचार्यको गुनासो थियो ।

अन्य पोष्टहरु

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

एआईको सहयोगमा टाउको जोडिएका जुम्ल्याहा बालबालिकाको सफल शल्यक्रिया

शेयर गर्नुहोस लण्डन । आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सहयोगमा टाउको जोडिएका नाइजेरियाली जुम्ल्याहा बालबालिकाको सफलतापूर्वक…
आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

आज र भोलि विश्वकपमा ८ खेल, अर्जेन्टिना–अष्ट्रिया र इङ्ग्ल्यान्ड–घाना भिडन्त आकर्षण

शेयर गर्नुहोस काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आज र भोलि समूह चरणका महत्वपूर्ण ८ खेल…
रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

रास्वपा महाधिवेशनमा भद्रगोल, ९ घण्टा प्रतीक्षापछि बन्दसत्र स्थगित

शेयर गर्नुहोस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत सोमबार बिहानका लागि तय…