ब्रदर्स बेकरि धरान व्यावसाय संगै समाजसेवामा
- अर्थजीवन शैलीसमाचार
- January 24, 2023
धरान । ब्रदर्स बेकरी धरानले आफ्नो स्थापनाको छैटौं बार्षिक उत्सबको उपलक्ष्यमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ ।
बेकरिले धरान उपमहानगरपालिका वडा नम्बर-१७ पटनाली स्थित ज्वालामुखी माध्यामिक बिध्यालयमा अध्यनरत बिपन्न विद्यार्थिहरूलाई न्यानो कपडा ट्रयाक शुट र शैक्षिक सामग्रीहरु बितरण गरेको हो ।
बेकरीको सन्चालक द्वोय एन.सी.राई र बिरेन्द्र थापालाई नै मुख्य अतिथी बनाइएको उक्त कार्यक्रममा अन्य अतिथी सुबास बर्देवा, अनिश बिष्ट, भरत बहादुर खत्रीको बाहुलीबाट सहयोग सामग्री हस्तान्तरण गरिएको थियो। २५ परिवारको बिद्यार्थीहरुलाई सहयोग उपलब्ध गराइएको थियो। ४०० सय बिद्यार्थीहरु अध्यन गरिरहेको उक्त बिधालय २०३६ सालमा स्थापना भएको थियो। धरान उपमहानगरपालीका -१७ मा अवस्थित ज्वालामुखी माध्यामिक बिध्यालय शहर भित्रैको बिकट बिधालयको रुपमा रहेको छ। बेकरीका संचालक एन.सी.राईले बेकरीले आफ्नो स्थापना कालदेखीनै आफ्नो ब्यवसायलाई समाज सङ्ग जोड्दै आएको बताउनु भयो। बेकरीले समाजमा रहेको हरेक जेष्ठ नागरिकहरुलाई निशुल्क बर्ड-डे केकहरु बितरण गर्दै आएको थियो भने आफ्नो हरेक महिला ग्राहकहरुलाई निशुल्क सेफ्टी प्याडहरु पनि बितरण गर्दै आइरहेको छ। बिधालयको प्रधान अध्यापक गोपाल थापाले सन्चालन गर्नु भएको उक्त कार्यक्रममा अभिभावकहरुको पनि उल्लेख्य मात्रामा सहभागीता रहेको थियो।
बिध्यालय ब्यवस्थापन समितिको अध्यक्ष श्री भरत बहादुर खत्रीको अध्यक्षतामा सप्पन्न कार्यक्रममा वडा नम्बर-१७ का भुतपुर्ब सदस्य श्री सुबास बर्देवा, बर्तमान वडा सदस्य मनिस बिस्ट, बिधालय संचालक समिति सदस्य दिपिका बिक, तारा राई र कृष्ण प्रसाद लिम्बु सह प्रधान अध्यापक श्री भक्त बिलास पोखरेलको उपस्तिथि रहेको थियो। बिधालयको शिक्षक श्री गजेन्द्र भट्टराईको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बिध्यालय संचालक समिति सदस्य श्री कृष्ण प्रसाद लिम्बुले कार्यक्रम आयोजक ब्रदर्स बेकरी परिवार धरानलाई आफ्नो बिधालयमा यो प्रकारको सहयोगको हात बढाएकोमा धन्यवाद ब्यक्त गर्नुभयो।

